पहलमानपुर–लालबोझी सडकको दुर्दशा, सडकमै लडे वडाध्यक्ष - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पहलमानपुर–लालबोझी सडकको दुर्दशा, सडकमै लडे वडाध्यक्ष



विशाल पाण्डेय/कैलाली-
कैलालीको पहलमानपुर–लालबोझी सडक खण्डमा दैनिक रुपमा यातायातका साधान घण्टौ सम्म फस्ने गरेका छन् । घोडाघोडी नगरपालिका १०,११ र १२ जोड्ने यो सडक खण्डको हालत देख्दा जो कोही पनि दोश्रो पटक उक्त सडकको यात्रा गर्न नपरोस भन्ने लाग्छ ।

ठूला–ठूला मालवाहक टिपर र ट्याक्टरहरु दैनिक सयको संख्यामा आवातजावात गर्दा उक्त राजमार्गको धेरै ठाऊँमा ठूला–ठूला खाल्डो परेको घोडाघोडी नगरपालिका -११ का प्रकाश बुढाले बताए । सडकमा ठुला -ठुला खाल्डाखुल्डी हुँदा आफ्ना सानासाना बालबालिका डुब्ने हुन कि भन्ने चिन्ताले सताएको स्थानीय बुढाले बताए ।

यात्रुहरु भनेको समयमा गन्तब्यमा पुग्न नसक्ने गरेको अटो चालक सहदेव चौधरीले बताए । उनले कोहि बिरामी हुँदा एम्बुलेन्स समेत आउन नमिल्ने सडक भएको बताए । उनले भने गाउँमा कोहि बिरामी भयो भने ठुला खाल्डाखुल्डीले गर्दा एम्बुलेन्स समेत आउन पाउदैन । आफुहरुले अटोमा लगेपनी अटो पल्टिने डरले बिरमीलाई बोकेर खाल्डाखुल्डी तर्नुपर्छ ।’

सडक हिलाम्य भएपछि आवतजावतमा निकै सास्ती भएको स्थानीय पहाडी लाल कुश्मीले बताए । बाटोको यस्तो दुर्दशा भइ वडा अध्यक्षलाई पटकपटक जानकारी गराउदा समेत सुनुवाइ नभएको दुखेसो पोखे ।

घोडाघोडी नगरपालिका वडा नं ११ का अध्यक्ष दानसिंह जोगिले बिहीबारदेखि काम सुरु भएको बताए । उनले बल्लतल्ल नगरपालिकाले ५ लाख बजेट छुट्याएर काम सुरु गरेको बताए । उनले लालबोझी सडकखण्ड को लागि शहरी विकास मन्त्रालयले उक्त सडकको लागि ३० करोड विनियोजन गर्ने भनेपनी नगरेर धोका दिएको बताए । उनले उक्त सडक बनाउनको लागि नगरपालिकाले डिपिआर तयार गरि सहरी विकास मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई बुझाएपनी अर्थ मन्त्रालयले अहिलेसम्म टेन्डर ननिकालेको बताए । उनले भने लालभोझी सडख खण्डको डिपिआर तयार भएको छ ।तर नगर प्रमुखले पहल कदामी गर्नु भएको छैन ।

यता घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले पहलमानपुर – लालबोझी सडक खण्डमा मर्मत गर्नको लागि कोटेसन मार्फत जेवि निर्माण सेवा पहलमानपुरलाई ५ लाखको ठेक्का दिएको बताए । उनले बिहीबारदेखि काम सुरु गरेको र छिट्टै नै आवतजावतमा सहज हुने जानकारी दिए ।

वडाध्यक्ष आफै लडे !

घोडाघोडी नगरपालिका- ११ को कार्यालय पहलमानपुर–लालबोझी सडक खण्डमै छ । वडा अध्यक्ष दानसिंह जोगी घर फर्किने क्रममा बुधवार राति सोही सडक खण्डमा लडेको स्थानीय पहाडी लाल कुश्मीले बताए ।

ठुला -ठुला खाल्डाखुल्डीले पहलमानपुर–लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नै नभएको ’ वडा अध्यक्ष जोगीले बताए । उनले भने सडकमा ठुला खाल्डा छन् । बुधवार त म आफैँ पनि सोही सडक खण्डमा लडेर सामान्य चोट लागेको छ ।’ पटकपटक नगरपालिकालाई आग्रह गर्दा बल्ल ५ लाख आइ बिहिवारबाट काम सुरु भयो । नपुगेपछी वडाबाट पनि २/३ लाख रुपैयाँ हालेर हिड्न मिल्ने बनाउने हो ।’

सडक हिलाम्य भएपछि बल्लतल्ल मोटरसाईकल र साईकल बाहेकका सवारी साधन समेत सञ्चालन हुन नसकेको स्थानीय गया प्रसाद चौधरीले जानकारी दिए । चौधरीले बुधबार उपचारका लागि धनगढी अस्पताल जानको लागि पहलमानपुर जादै गर्दा अटो दुर्घटनामा परि ४ जना विरामी घाइते भएको बताए । कालोपत्रेका लागि सहरी विकास मन्त्रालयलाई डिपिआर गरेर पठाएको सुनिएपनि अहिलेसम्म चासो नदिएको दुखेसो पोखे ।