पहिलो तेस्रोलिंगी जो पहिचान खोज्दै राजनीतिमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पहिलो तेस्रोलिंगी जो पहिचान खोज्दै राजनीतिमा



काठमाडौं-

अहिले अधिकांश नेपाली युवापुस्तामा राजनीति भन्ने शब्द सुन्नेवितिकै ज्वरो आउँछ । तर, तेस्रोलिंगी पिँकी गुरुङ भने पहिचान खोज्नकै लागि राजनीतिमा लागेकी छन् ।

उनी भन्छिन्, वर्तमान अवसथामा राजनीतिप्रति युवाको सकारात्मक धारणा बनाउन र तेस्रोलिंगी को अधिकार सुनिश्ति गराउन राजनीतिमा लागेको हुँ ।

पिँकी नयाँ शक्तिमा आबद्ध छिन् । नीलहीरा रसमाजकी अध्यक्षसमेत रहेकी पिँकी राजनीतिमा कदम राख्ने पहिलो तेस्रोलिँगी हुन् ।

जसरी एउटा महिला र पुरुष बाँच्न पाउने पढ्न पाउने र समाजमा बस्न पाउने अधिकार पाउँछ, त्यस्तै तेस्रोलिंगी विवाहालाई कानुनी मान्यता दिलाउन र समाजमा महिला र पुरुषबाहेक अर्को पनि लिंग छ भन्ने बुझाउनकै लागि राजनीतिमा प्रवेश गरे यौनिक तथा अल्पसंख्यकका लागि सबै क्षेत्रमा सहज बनाउने उनको प्रतिबद्धता छ ।, यो खबर आजको नागरिक दैनिकमा शरद अधिकारीले लेखका हुन् ।