पहिला संविधान संशोधन अनि निर्वाचन : अध्यक्ष महतो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पहिला संविधान संशोधन अनि निर्वाचन : अध्यक्ष महतो



हिमाल पोष्ट / २२ चैत, भैरहवा । सदभावना पार्टीका  राजेन्द्र महतोले सरकारले संविधान संशोधनविनै निर्वाचन गराए मुलुकमा महाभारत हुने बताएका छन् ।

उनले यथास्थितिमा निर्वाचन गराए मधेसमा असहयोग आन्दोलन गर्ने चेतावनी दिँदै मोर्चाको मागप्रति सकारात्मक हुन सरकारलाई आग्रह गरे ।

पार्टीद्वारा मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी मोर्चाको माग पूरा भए एक ढिक्का भएर निर्वाचनमा सहभागी हुने समेत प्रष्ट पारे ।

 

‘संशोधनविना गरिने निर्वाचनले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्छ,’ महतोले भने, ‘ हामी पनि निर्वाचन चाहन्छौ, तर पहिला संविधान संशोधन गरेर मात्र निर्वाचन गर्नुपर्छ ।’

सीमांकनको विषयलाई तत्काल थाती राखेर निर्वाचनमा जाने चर्चा चलिरहेका बेला नेता महतोले त्यसको ठाडै अस्वीकार गरे । उनले मधेसी मोर्चाको सहभागिताविना निर्वाचनको कल्पना पनि गर्न नसक्ने बताउँदै तीन दलले जे मन लाग्यो त्यही गर्न खोज्ने कार्य गलत रहेको बताए ।

महतोले मोर्चाले समस्या समाधान चाहे पनि सरकारकै कारण सहमति हुन नसकेको आरोप लगाए ।