नेपाल दलित मुक्ति माेर्चा छत्रगन्ज गाउँपालिकाकाे पहिलाे गाउँभेला अाज सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल दलित मुक्ति माेर्चा छत्रगन्ज गाउँपालिकाकाे पहिलाे गाउँभेला अाज सम्पन्न



हिमाल पोस्ट /छत्रगन्ज माघ २९ 

नेपाल दलित मुक्ति माेर्चा छत्रगन्ज गाउँपालिकाकाे पहिलाे गाउँभेला अाज सम्पन्न भएकाे छ । छत्रगन्ज १ काे खाफ्टेपाखरिमा सम्पन्न भएकाे भेलाले बाबुराम परियारकाे अध्यतामा १७ सदस्यीय गाउँ समितिको गठन गरेको छ ।

जसकाे उपाध्यक्षमा चेतन विक, सचिवमा रामकृष्ण ताम्राकार, सहसचिवमा लक्ष्मण नेपाली र काेषाध्यक्षकम सावित्रा परियार रहेका छन् । जसकाे सदस्यहरुमा खिम बहादुर नेपाली, गाेविन्द बिक, रविन्द्र बिक, सुर्य बहादुर नेपाली , मिना नेपाली, गाेविन्द बिक, मिना नेपाली, वीर बहादुर विक र शिव बिक रहेका छन् ।

भेलामा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा दलित मुक्ति माेर्चाका जिल्ला इन्चार्ज खढ्क दर्नाल, माअाेवादी केन्द्र का केन्द्रीय सदस्य प्रकाश ज्ञवाली (सन्देश), माधव पन्थि लगायतले मन्तव्य राख्दै संघियता र गणतन्तन्त्र विराेधिहरुका कारण संविधान कार्यान्वयन नै जटिल बनेकाे भन्दै सचेत बन्न अाम जनतालाई अाग्रह गरेका थिए । कार्यक्रम रविन्द्र विश्वकर्माकाे अध्यक्षता, बाबुराम परियारकाे स्वागत मन्तव्य र चेतन बिश्वकर्माकाे सन्चालनमा सम्पन्न भएकाे त्यहाँबाट प्रकाश ज्ञवालिले खवर पठाएका छन् ।