पहिरोले पुरै गाउँ सखाप - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पहिरोले पुरै गाउँ सखाप



भदौ ४, बुनिया ।

कंगोमा भीषण पहिरो गएको छ । पहिरोमा परी कम्तीमा पनि २०० जनाको ज्यान गएको त्यहाँका समाचार एजेन्सीहरुले जनाएका छन । गत बिहीबार देखि सुरु भएको पहिरो सनिबारसम्म रोकिएको छैन । कंगोको इतुरी प्रान्तमा पहिरो गएको बताइएको छ ।

एजेन्सीका अनुसार तीन वटा गाउँमा बाढी र पहिरोले सखाप छन्, हालसम्म २०० जनाको सब उद्दार टोलीले निकालेको छ । कम्तीमा १०० घरका नागरिकले पहिरोमा ज्यान गुमाएका छन् भने हजारौँ घर परिवार विस्थापित भएका छन् ।

एउटा पहाडै खसेर गाउँलाई पुरेको थियो । बिहीबार सो दुर्घटना भएपछि शनिबारसम्म पनि पहाड खस्ने क्रम रोकिएको छैन, तर उद्धारकर्मी घटनास्थलमा शनिबार मात्र पुग्न सकेका थिए । शनिबार अपराह्न संयुक्त राष्टसंघीय उद्धार अधिकारी पनि यहाँ पुगेका छन् । उनीहरुले सो गाउँ नै खतरामा रहेकाले सार्नुपर्ने सुझाव दिएका छन् ।