पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु



सिन्धुली,साउन २९  । पहिरोले पुरिएर सदरमुकाम सिन्धुलीमाडीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका ६ को २ नं. बजारमा जनसेवा पुस्तकालय र पत्रकार महासंघको जग्गामा अस्थायी टहरोमा बसोबास गर्दै आएका एकै परिवारका आमा र तीन छोराछोरीको पहिरोमा परि मृत्यु भएको हो ।

आजको कान्तिपुरमा खबर छ– मृत्यु हुनेमा ३२ वर्षीया आमा दुर्गाकुमारी खड्का, १५ वर्षीया छोरी शोभा खड्का, छोराहरु १० वर्षीय अनिस खड्का र ७ वर्षीय मनीष खड्का छन् । बिहान करिब २ बजे झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालार्इ पुरेको प्रहरीले जनाएको छ । घटनामा सँगै सुतिरहेका श्रीमान् उदयबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

बाघ र बाख्राको कथा जस्तै भयो  मनिषा बस्नेत, छिमेकी

बिहानको तीन बज्नै लागेको थियो । उदय चिच्याएको सुनियो । तथानाम गाली गरेर श्रीमतीलाई बाहिर निस्की भन्दै थिए । सँधै झगडा हुने भउकाले घरबाट निकाल्न खोजेको भन्नेमा हामी प¥यौं । त्यस्तो पहिरो गएको जस्तो ठूलो आवाज आएको थिएन । केहीबेर कराएर उनी कता लागे थाहा भएन । राती आएर श्रीमतीलाई गाली गरेर निकाल्न खोजेको होला भनेर हामी फेरि सुत्यौं । एक, डेढ घण्टापछि फेरि आएर चिच्याएपछि सबैजना उठ्यौं ।

पानी दर्किरहेको थियो । मोबाइल बालेर हेर्दा माथिबाट बगुवा माटोको पहिरो आएको रहेछ । टहरो पुरिएको थियो । चालमाल केही थिएन । सन्नाटा छाएको थियो । हामी जानसक्ने स्थिति थिएन । सुरक्षाकर्मी नआउन्जेल हेरेरै बसियो । उदयले आमालाई लिन जानुको सट्टा माथितिर रहेको प्रहरी कार्यालयमा गएको भए उद्धार हुन सक्थ्यो कि ? झुटो बोल्यो कि पोल्यो भन्ने सानैमा पढेको कथा जस्तै बाघले बाख्रा खायो भनेर सँधै दुःख दिँदा साँच्चिकै ाएको दिन कोही छिमेकी नआएको जस्तै भयो ।