पैसा बाँडेको छैन, ‘मलाई हराउन राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति लागे : नेता श्रेष्ठ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पैसा बाँडेको छैन, ‘मलाई हराउन राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति लागे : नेता श्रेष्ठ



३ कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को बुधबार एक तस्बीर सामाजिक सञ्जालदेखि अनलाइन मिडियामा खुबै छायो । मंगलबार सुलिकोट गाउँपालिका (२ (साविकको बारपाक गाविस (१) पोखरीमा घरदैलो गर्दाको श्रेष्ठको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको हो । 

श्रेष्ठको चुनावी प्रचारको क्रममा मकवानपुरबाट गोरखा पुगेका माओवादी निकटकै पत्रकार सुनिल खड्काले सार्वजनिक गरेको तस्बिरमा श्रेष्ठले एक वृद्धसँग भोट मागिरहेका थिए । नारायणकाजीले नमस्कार गर्दा खाटमा पल्टिएका वृद्ध मुस्कुराइरहेका छन् । मुस्कुराई रहेका वृद्धको काखमा पैसा देखिन्छ ।

यसबारे हामीले नारायणकाजीसंगै जान्ने प्रयास ग¥र्यौ । 

तपाईको पैसासहितको तस्बीर त निकै ‘भाइरल’ भयो खास कुरो के हो भन्दा एकछिन उनी हाँसे पनि । उनले पैसासहितको तस्बीर सहि भएको तर पैसा दिएको भन्नेकुरा झुठ भएको दाबी गरे । उनले भने –‘घरदैलो कार्यक्रममा थिएँ, बुढा बुबाकोे हातमा पहिलेदेखिनै ५० रुँपैयाको नोट थियो, मैले नमस्ते गर्दा पैसा तल राखेका हुन । यसलाई अनावश्यक प्रचार गरियो ।’

श्रेष्ठले त्यो तस्बीर पार्टीनिकट पत्रकारले नै खिचेको पनि बताए । बाबुरामको नाम नलिएपनि आफ्नो हारबाट आत्तिएर मिडियामा विपक्षी उम्मेदवारले नै बदनाम गर्न लगाएको बताए । आफुले जनताको माया र मत पाउने बताउँदै आफ्नो जित निश्चित भएको उनको दाबी थियो ।
गोरखा २ बाट प्रतिनिधी सभामा भिडिरहेका श्रेष्ठले आफ्नाविरुद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति सक्रिय भएर लागेको बताए । गोरखामा पूर्व माओवादी नेता बाबुराम भट्टराई श्रेष्ठका प्रतिस्प्रर्धी हुन् ।