पैसा लुट्न ट्राफिक प्रहरीमा भर्ति भएकाहरुको असली रुप र बेतिथीको जेब्रा क्रसिङ्ग नियम « Himal Post | Online News Revolution
Logo

पैसा लुट्न ट्राफिक प्रहरीमा भर्ति भएकाहरुको असली रुप र बेतिथीको जेब्रा क्रसिङ्ग नियम



 

  • सोम बिक्रम सिंह

‘होइन यो पुलिसको जात त विश्वास गर्न सकिन्न, यिनलाई त नजिक राख्न नि हुन्न, टाढा राख्न नि हुन्न । यिनीहरूसँग न दुश्मनी मज्जा न दोश्ती ।’ यो कुरा सोर्है आना सच्चा हो झैँ लाग्छ अचेल । मेरो परिवार प्रहरीको परिवार हो । सानै देखी प्रहरी ब्यारेकमा हुर्कें, काका ट्राफिकको प्रमुख हुँदा त्यहीँ क्वार्टरमा कहिले काहीं गएर बसिन्थ्यो, घोडा कहिले काहीं कुदाऊन पाईन्थ्यो । सानै थियौँ समाजसंगको समस्या बुझिएको थिएन, त्यति घर र पाठशाला बाहेक बाहिरी संसारसंग घुलमील हुन पाईन्न थियो । प्रहरी स्कुलमा पढ्थ्यौं, हामीलाई सबैले मायै गर्थे । हाम्रो एकै घरको सात जना बच्चाहरू त्यहीँ पढ्ने गर्थ्यौं । त्यस समय प्राय जस्तो सिनीयर अफिसरले आफ्नो पारिवारिक स्कुल भनेर प्रहरी बिद्यालयमा नै आफ्नो बच्चाहरू पढाउन राख्थे । अथाह माया थियो प्रहरी स्कुलप्रति प्रहरीहरूलाई । अहिले त प्रहरीहरूको हात लामो र कमाउने अनेक उपाय भएछ क्यार आफ्नो बच्चा अति महँगो स्कुलमा पढाउन लागे । उहिले प्रहरी प्रमुख देखी राज घरानाको सम्म, अधिकृत दर्जा देखी पिपा सम्मको बच्चाहरू प्रहरी बिद्यालयमा पढाऊँथेर पो बिद्यालयको स्तर उच्च थियो। जर्ज जोन जस्ता धुरन्धर गुरु थिए, जो हाम्रो प्रधान अध्यापक भए(जो पृथ्वी नारायण क्याम्पसका संथापक हुन), प्रहरी प्रमुख समय समयमा आफै उपस्थित भई उचित निर्देशन दिई सुधारहरूमा जोड दिने गर्थे । उच्च सम्मान थियो हाम्रो दिपेन्द्र प्रहरी बिद्यालयको ।

अहिले सबै कमाऊ धन्दा र नेताको चाप्लुसीमै धेरै समय खर्चिन्छन् क्यार, कसैलाई बाल मतलब छैन । प्रहरी र सेनाको ब्यारेकमा हुर्केर होला बच्चै देखी यिनीहरू आफ्नै परिवार झैँ लाग्छ । अझ भनौं गाह्रो समयमा यिनीहरू भेटे आफू भाग्यमानी झैँ लाग्छ बरु यिनीहरूसंग भन्दा अरूहरूसंग दु:खसुखको कुरा बिसाऊन हुन्न, यिनीहरू भन्दा अरू बिश्वासीलो हुन्न भने झैँ लाग्थ्यो तर यिनीहरू पनि मानव नै हुन्, पूर्ण विश्वास चाहिँ गरिहाल्न हुन्न है भन्ने चेत चाहिँ बिस्तार खुल्दैछ । म यूरोपमा (स्वीजरल्याण्ड) बसेको, त्यहीँ काम र पढेको मान्छे, त्यहाँ पनि पुलिस भने पछि देखी नसहने, फ्रेन्चमा गाली गरेर पुले भन्थे, जसको मतलब कुखूरा हुन्छ । तर तिनीहरूले बिना बित्थामा पुलिसलाई गाली गर्दा आफ्नो देशको प्रहरी सम्झिन्थिएँ र झोक चल्थ्यो ।

एक दिन मेरो साथी घरमा खान आएको थियो, ऊनलाई बाटो देखाउन जाँदा हामी हरेक चोटि बाटो बिराऊँदै फ्रेन्च र बाजल ( स्वीजरल्याण्डमा म बसेको सहर जहाँ एकतिर जर्मन बोर्डर छ भने अर्कोतर्फ लामो फ्रेन्च बोर्डरले घेरेको छ ) बोर्डरमा पुग्थ्यौं, पुलिसलाई शङ्का लागेछ, हामीलाई सोधपुछ गर्न थाल्यो । पास( पर्मिट वा पासपोर्ट) माग्यो, मेरो साथीले देखायो, म एक मिनेट त हो भनी आको पैसाको ब्याग नलिकन आको मलाई आपत् परि हाल्यो । त्यस्तै अबुझ परेछ, मलाई त मेरो छालाको रङ्गको कारणले होला, हथकडी लगाई हाल्यो । म पनि के कम पड्किहालें । हो मेरो गल्ती थियो, मेरो पर्मिट साथमा नलिएर हिँड्नु ।

म बसेको पाँच मिनेटमा दुवै बोर्डर पर्ने तर एकातिर बाटो देखाऊँदा गल्ती बाटो परेछ तर हामी स्वीजरल्याण्ड भित्रै अल्मलेका थियौँ, पुलिसलाई शङ्का चाहिँ यिनीहरू किन ओहोरो दोहोरो गर्छ भन्ने रहेछ। हामी चाहिँ बाटो अल्मली घरी घरी बोर्डरमा ठोकिन जानु परेको थियो । पछि पुलिसले मेरो सम्पूर्ण नाम, नं ,पर्मिट नं , ठेगाना आफ्नो डाटामा भेट्टायो र शकुसल हामीलाई सहरबाट निस्कने बाटो देखाउँदै बिदा दियो तर मलाई अनाहकमा हत्कडी लगाको आज सम्म भुल्न सकेको छैन । तर मलाई त्यस्तै घटना नेपालमा भएको भए र मेरो त्यस्तो आबेश पूर्ण व्यवहार भएको भए मैले मेरो परिवार झैँ ठान्ने र दाजुभाइ झैँ लाग्ने प्रहरीले त्यतिकै छोड्थे होला भन्ने विश्वास कदापि छैन । नभएको घटनालाई नि भएको झैँ प्रस्तुत हुने प्रहरीबाट म जस्तो केही जाने बुझेको मान्छेले त केही गर्न सकिन्न , बिचारा केही नजान्ने, केही नबुझ्ने, माखो मार्न नजान्नेलाई त प्रहरीले घुंयत्रो घुमा झैँ घुमाऊँछन् होला ।

म जहिले पनि प्रहरीको बारेमा राम्रो लेख्ने , कोर्ने , ऊनीहरूको पक्षमा बोल्ने व्यक्ति आज ऊनीहरू प्रति नकरात्मक टिप्पणी गर्नुको धेरै कारण छन् । हो प्रहरी सङ्गठन भित्र सबै दलील व्यक्तित्व भएको मात्रै छैनन्, कोही व्यक्ति असाध्यै सोझा, सरल, मिजासिलो, खानदानी सम्पन्न जसलाई पैसा कमाउन भ्रष्ट्रचार गर्न पर्दैन । कति त कस्ता छन् अब कथा गुत्थै जान्छु तपाईँ सुन्दै जानुस । धेरै चोटि संयम अप्नाएँ , साथी दाइहरूलाई गुनासो सुनाऍ । ऊनीहरू पनि लाचार देखेँ, ऊनीहरूकै सल्लाहमा लेख्दे बरु भने पछि बल्ल कलम चलाऍ । हुन त मेरो दाइ प्रहरी तालीम सिद्धिने बित्तिकै यो प्रहरीले पाउने सर्टिफिकेट भनेको क्राईम गर्ने पक्का लाईसेन्स हो भन्नु हुन्थ्यो । एउटा सार्है सोझो, गाई जस्तो मान्छेले भनेको अहिले चाहिँ होकी झैँ लाग्छ । अब नवराज सिलवाल जस्ता जल्दा बल्दा डी.आई.जीले मेरो र परिवारको जीवन रक्षा गर्देऊ भनेर मानव अधिकार गुहारे पछि हामी त ऊनका अगाडी मुसो, हाम्रो हालत त अब नेपालको कानुन दैवले जानुन । भ्रष्ट्रचारकै कुरा गर्ने हो भने एस.एस.पी. यादव सरले भने झैँ बढुवा हुन बोरै भरी पैसा बोक्न पर्ने रहेछ, बोरामा पैसा ठोसुन्जेल आफ्नो र परिवारको लागी पनि जुकाड गर्न पर्‍यो ।

अब त्यो पैसा हामी जस्तै लाटा जनतासँग असुल्ने त हो नि । लेनदेनको मुद्धा प्रहरीले हेर्न पाईन्न , यो अदालती केस भएको हुनाले न्यायलयमै दर्ता हुन पर्छ , तर कतिपय समय यसलाई आर्थिक लाभको लोभले गर्दा प्रहरीले धरपकड गर्ने , परिशरमै जबर्जस्ती कागज गराउने काम पनि गर्दै आएको अनेकौँ उदाहरण पनि नभएका होइनन् । अझ डनहरू त प्रहरीका लागी दुहूनो गाई भईगयो । सक्कुन्जेल दुहूनो, थार्हो भएपछि भिर खोज्दै हिँड्ने नेपाली बानी झैँ, विभिन्न बहानामा डनहरूलाई समात्ने, मोलमोलाई गर्ने, छोड्ने । समय समयमा तँलाई चरी मर्यो शिसैको गोलीले गीत झैँ ऊडाईदिऊँ, ध्याम्पो झैँ प्वाट्ट फुटाल्दिऊँ भन्दै धम्कायो, हप्ता असुल्यो बस्यो । एउटा न एउटा मुद्धा बाँकी राख्यो बस्यो, स्वार्थको लागी तुरूप झैँ प्रयोग गर्‍यो बस्यो । आउन बाँकी भएन भने मुद्धा बल्जाउने बाटो देखिएन भने मुद्धा बल्झायो जेल पठायो की एन्काऊन्टरको नाममा बराजु भेट्न माथि पठायो । यस्तो किसिमले के समाजमा सुधार आऊंला त, मनन गर्वे बेला भए न र ?
भन्ने बेलामा प्रहरी सबैको साथी व्यवहारमा प्रहरी सङ्गठन भित्रै एक आपसमा महा दुस्मन ।

अनि हामीले यिनका छुसे कुरा पत्याऊने त ? उहिले सङ्गठन भित्र जति रिस राग भएनी जनता सम्म पुग्दैनथ्यो । जब बोहोरा प्रहरी प्रमुखको खेलमा लागे सबै छताछुल्ल भयो । त्यस भन्दा अगाडी लामा आईजी तथा कैंयौं उच्च दर्जाका अधिकृत विभिन्न मुद्धामा जेल परे तर पछि प्रजातन्त्रले पैसाको खेलमा फसेर जेल रिहा गरी उच्च मान सम्मान दिई झन् उच्च ओहोदामा पो राखे्र अझै त्यस पश्चात् कहिले सासुको पाली कहिले बुहारीको भने झैँ कसको सरकार आयो त्यसकै प्रहरी प्रमुख पो भयो । आईजिपी जस्तोले अब हामीले नेताहरूलाई ब्रिफकेस लिएर जाँदा आफू पनि अलि अलि हसुर्न परेन ? भनेर हाकाहाकी जोक झैँ पो भन्दै हिँड्न थाले । प्रहरी ओरालो लागेको त्यही बेला महसुस भइसकेको थियो । नभन्दै भ्रष्ट्रचार र अनियमीतताले जगडी सकेको थियो । जसको उदाहरण तिन जनै आईजिपी सुडान घोटालामा दोषी ठहरी जेल र जरिवानाको सजाय हुनु हो । यद्धपी तत्कालका नेताहरूको यो काण्डमा ठुलो हात छ भन्ने कुनै हालतमा छुपेको छैन । तर अचम्म! कुनै केसमा बिना कसुर फसाऊन च्यान्पियन प्रहरी आफ्नै गलाको फन्दा बनाउन कुन लोभ र लालचले ऊद्धत भए । अहिले पनि आईजिपी प्रकरण सेलाएको छैन, सर्वोच्चमा बिचारधिन छ भने यता देऊबा प्रधानमन्त्री भएपछि कुन रूप लिन्छ भन्ने प्रश्न जटिल छ ।
अब जेब्रा क्रसिंग प्रकरण, ट्राफिकलाई त खुदो पल्ट्याछ अहिले । बाफ रे बाफ कति कमाउने ? राम्रैसँग हसुर्न पाछन् । सायद ट्राफिकको हात हातमा सिट्टी र जरिवानाको बिल मात्रै देखे पछि ऊनीहरू साँच्चै समाज र ट्राफिक नियम सुधार्न बस्या हुन की टोले गुण्डा भन्दा नीच तबरले खाली कमिशन मात्रै उठाउन बस्या हुन ? भन्ने गहन प्रश्न उठ्छ ।

ट्राफिकलाई देख्दा यिनीहरू जसको शक्ति ऊस्कै भक्ति भन्दै कमिशन उठाएर आफ्नो मालिक मात्रै खुसी बनाउने ऊद्धत हुँदा यिनीहरूबाट जनताले सकरात्मक सुधारको आस नगरे हुन्छ । जेब्रा क्रशिंगको लाइनको धर्सो देखिन्न, किन जहाँ पायो त्यहींबाट काटिस भनेर टिकट दिन आउँछन् । फेरी जेब्रा क्रसिंगमा क्रस गर्दा बटुवालाई किचूंला झैँ गरी गाडी तथा बाईक हुंईकिन्छ । खोइ तिनीहरूलाई प्रशिक्षण तथा तालीम ? मैले अहिले सम्म अमेरिका, स्वीजरल्याण्ड, स्कटल्याण्ड, ईंगल्याण्ड तथा थाईल्याण्डमा गाडी हुंईक्याईसकें । कति व्यवस्थित छ त्यहाँको ट्राफिक सिस्टम । यस्तो ती देशमा बाटो गाडी व्यवस्थित रूपले गुडाऊन र आम नागरिकलाई ढुक्कसँग बेफिक्रि रूपले बाटो काट्न सहज बनायो तर हाम्रो देशमा बाटो केवल ट्रफिक धनी हुने तरिका बनायो ।

त्यहाँ बटुवालाई एकदम प्राथिमीकता दिएको हुन्छ । जेब्रा क्रशिंगमा यदि कुनै गाडीले बटुवा माथि घटना घटाए, ज्यान मार्ने उद्योग अनुरूप मुद्धा दर्ता हुन्छ । बढी भन्दा बढी सजा़य हुन्छ । खोइ यहाँ त्यस किसिमको नियम कानुन ? प्रशिक्षण तथा तालीम ? लाईसेन्सलाई खेलांचीको रूपमा मात्रै बाँढेर हुन्न । लाईसेन्सलाई पैसा तिर घरमै आईरपुग्छ भन्ने कथन पब्लिक गाडी हांक्ने र मोटरबाईक चलाउने बाटै प्रस्ट हुन्छ । उहिले मैले लाईसेन्स लिनको लागी जाँच र ट्राईल दिन नेपालगन्ज जाँदा मेरो साथीहरूले अचम्मै मान्दै तेरो आफ्नै काकाबाऊहरू त्यत्रो ओहोदामा छन्, घरमै आउँदैन ? हाम्रो त यी खल्तीमै आउँछ भन्थे । तर आफ्ना त घरमै कडा कानुन काका डिआईजी भएनी उहाँको कडा आदेशको पालना गर्दै जाँच दिईयो, उत्कृष्ट तथा प्रथम हुने अङ्क हासिल गरियो । ट्रायलमा चलाउने मौका मिल्या झन् मज्जाले चलाएर जाँच पास भईयो । हाम्रो घरमा कसैले मौकाको फाइदा ऊठाऊँदै लाईसेन्स लिएनन् सबैले प्रक्रिया नै पुराऊँदै लिए, त्यही पनि २०४८ साल तिर ।
कहिले काहीं दुर्घटनाको केसहरू सुनिन्छ, दुर्धटना जसरी भए पनि जसको धेरै खती हुन्छ, उसलाई बेहोर्न पर्छ रे । अस्ति भर्खर एउटा घटनामा सही बाटोबाट सही ठाउँबाट मोड्न लागेको गाडीलाई गलत दिशाबाट घुसेर गाडीलाई हान्दियो । त्यहाँ भएको जनताले सरासर मोटर बाईकको गल्ती देखायो । किनभने ऊ गल्ती ठाउँबाट प्रवेश गर्दै थियो भने गाडी चालकले त्यो महसुस गरी ब्रेक हानेर बसेको थियो । उता आत्तिएर मोटरबाईक ब्रेक नहानी सिधै जोत्न पुग्या थियो । तर बाईकको सवार घाइते भएकोले धेरै क्षति हुनेलाई गल्ती एउटै नभए पनि थोरै गल्ती भएकोले तिर्न पर्ने रे । यस्तो ट्राफिक चाला , कसरी धेरै गल्ती देखाउने च्याप्ने अनि पैसा असुल्ने ।

मेरो प्रहरीसंग जति राम्रो मित्रता तथा राम्रो सम्बन्ध भए पनि तितो घटना अनगिन्ती छन् । २०४६ साल तिर म भर्खर ११ पढ्दै गर्दा धनगढी घुम्न तथा साथीको आथित्य मान्न गएका थियौँ । हामी त्यहाँ केही साथीहरू फिल्म हेर्न गयौँ । संयोगबस त्यहाँ दुई युवतीसँग फिल्म हलमा कुराकानी तथा परिचय भयो । ऊनीहरू मेरो साथीकै छिमेकीहरू थिए । हामी घर फर्किंदै थियौँ, सूर्य पनि अस्ताएको थिएन । थानाको बाटो थियो एक्कासि दुई तिन जना प्रहरीले घेरा हालेर थानामा लगे । हामीलाई हक्पी दक्पी गर्न लागे । हामी अन्यौलमा थियौँ, किन समाते के को लागी समात्या मेसो पाएनौं । पछि हामीले पनि पुलिस सँग सँगै कराऊन लाग्यौ र मेरो साथीले फलाना ढिस्कानाको छोरा भने पछि, तँ आईजिपीको भतीज भनेर फुर्ति गर्छस् भन्दै हप्काऊँदै छोडिहाले । भोलिपल्ट थाहा भयो हामीलाई समात्नुको कारण त युवतीको लागी पो रहेछ । तिनीहरूलाई त्यहीँ प्रहरीले जबर्जस्ती पो गरेछन् । त्यसलाई तिनी दुई युवतीले कुनै मुद्धा मामिला गरेनन् कारण थियो प्रशासनको थिचोमिचो । मैले यो घटनाको जानकारी त्यहाँ भन्दा बझाँग जिल्लामा भएका काका जो थानेदार थिए उनलाई जानकारी गराएँ । उनले त्यस बारे किन चासो दिएनन वा केही गर्न सकेनन् थाहा भएन ।

अर्को घटनामा एक दिन २०४८ साल तिर अकस्मात मेरो काकाले भाइ नेपालगंज आएको जानकारी गराए, जो भारत पढ्ने गर्थे । हामी असमञ्जमा पर्यौं । फेरी त्यहाँ आएर एक जना प्रहरी सँग बादबिबाद भएको कुरा आयो । कुरा बादबिबाद भन्दा पनि नेपाल किन आए भन्नेमा थियो । पछि थाहा लाग्यो ऊनी छुट्टीमा घर आएका रहेछन् । त्यता बास बस्दा त्यस्तै छुल्लेका प्रहरीले राती भक्कू रक्सी धोकी पसलको पेटीमा चिसो खाएर बसी रहेको भाइहरूलाई तँ को के भन्दै झगडा गर्न लागेछ । ऊल्टै गोद्दै तँ फलानो ढिस्कानाको भाइ भतिज होइन भन्दै थानामा थुन्देछ । भोलि जब प्रहरीको जाँड ऊत्रियो अनि माफी माग्दै छोडेछन् । पछि ऊनीहरूको तिनै प्रहरीसंग लफडा परेपछि घर नआई उतै भारत फर्केछन् । यसको तात्पर्य के भने प्रहरी पनि हामी मानव हो तर कसैले बर्दिलाई साँच्चिकै एउटा फाइदाको रूपमा दुरूप्रयोग गर्छन्, जुन कुनै व्यक्तिलाई नराम्रोसंग फसाऊँछन् ।

महानगरपालीकाले एउटा बडो राम्रो काम गर्या छन् । हर्न निषेध गरेर, ट्राफिकको सहयोगमा । तर यो निर्णयले ट्राफिक प्रहरीको खुदो पल्टेको छ भन्ने आफूलाई पर्दा थाहा पाएँ ।उहिले उहिले म पर्यटन व्यवसायमा हुँदा पर्यटकलाई एर्पोट लिन, पुर्याइउन जाने गर्थें । विभिन्न स्थानमा टूरमा लान्थें । मलाई कुनै कुनैले हर्न किन बजाएको भनेर सोध्थे । मलाई यो प्रश्नले आश्चार्य लाग्थ्यो । भएको हर्न किन नबजाऊने ? फेरी २०५० साल तिर त्यति गाडी नभएता पनि बाटो भरी पशु चौपाया प्रशस्त हुन्थ्यो । बाटो पनि अहिलेको भन्दा सानो र हुंईकेर आँखा चिम्लेर हिँड्ने गाडी र बाईक । मेरो उत्तर सम्हालिंदै हुन्थ्यो,- हर्न दुर्घनाबाट बच्न बजाउन पर्छ । पछि आफै स्वीजरल्याण्ड पुग्दा पो थाहा भयो, मलाई त्यो प्रश्न किन सोधेका रहेछन् भन्ने । उता बिना कारण हर्न बजाऊँदैनन् । बजाऊन पर्ने अवस्था पनि हुन्न । ट्राफिक व्यवस्था असाध्यै राम्रो छ । हर्न अरूलाई चेतावनी दिन, कसैले गल्ती गरेमा, कसैले आफूलाई बाधा पुर्याएमा वा कुनै हर्षो ऊल्लाहस तथा उत्साह मवाऊन परेमा हर्न बजीऊने चलन छ ।
पहिलो पल्ट मैले बाजल, स्वीजरल्याण्डमा सहर भरी हर्न बजाएको सुनें । थाहा थिएन जिज्ञासा राखें, किन हर्न बजायो भनेर । पछि थाहा भयो बाजल फुटबल क्लबले सिरीज र च्याम्पियनशीप जितेछ । पछि नेपाल फर्के पछि मलाई नेपालमा गाडी कुदाऊन अति धौ-धौ पर्थ्यो । यहाँको अस्तब्यस्त ट्रफिक देखेर पार्हो चड्थ्यो भने ट्रफिक चाहिँ खाली सिकार कुर्या झैँ पर्चा बोकी र्‍याल चुहाएर बस्या देखेर अचम्म लाग्थ्यो ।
तर बहुला तालले हर्न बजाको देखेर पम्पराको रौं तातेर आऊँथ्यो। हर्न झिकेर फाल्दिऊँ झैँ लाग्थ्यो । झन् हस्पिटल र स्कुल क्षेत्र तिर प्वाँ – प्वाँ गरेर प्रेशर हर्न बजाको देखेर बेसोमतीहरूको गाला रन्काईदिऊँ झैँ लाग्थ्यो । म पनि यूरोपको हावा लाग्या त्यति हर्न बजाऊँदिन कुनै अप्ठ्यारो महसुस नगरून्जेल र हर्न बजाऊनै पर्ने स्थिति आए पनि खाली ‘प्वां ‘। हो की होइन झैँ बजाऊँछु ।
तर हाम्रा कमिसन खान पल्केका ट्रफिकको अगाडी आज मेरो केही लागेन । चक्रपथ भाटभटेनीबाट बाँसबारी तिर आउँदै थिएँ । राईट साईड च्यापेर आउँदै थिऍ । चौकी निर पुग्दा एउटा माईक्रो च्यापेर आयो र अगाडी बढ्न लाग्यो र मेरो गाडीको फ्रन्टमा छुन लाग्दा मैलै उसको गल्तीलाई सचेत गराउन टिंक्क गरेँ र उसले गाडी लेफ्ट काट्दै लग्यो । मलाई चोकमा बसेको असैले हर्न बजाऊनु भएको हो ? भनी प्रश्न गर्‍यो । असैले मैले बजाको हो वा होइन ऊ आफै अनभिज्ञ थियो । तर मैले नागरिक कर्तव्य अनुसार शायद त्यो माईक्रोले लाइन देखेन होला र मेरो गाडीलाई छुन लाग्दा मैले हर्न सचेतको रूपमा बजाऊन पर्‍यो भनेर उत्तर दिँदा त ऊल्टै मेरो लाईसेन्स पो मागेर अनौठो जवाफ दिए, असै जस्ताले दिएको उत्तरले निशब्द भएँ,- ‘के तपाईँको गाडी ठोकियो त आक्सिडेन्ट भयो त ?’ रे ।ए मापसे परि सकेका रहेछन् भनी चिट पो काट्न लागे त ।
मापसेको पनि ठुलो काण्ड छ । शनिवारको दिन घरमा बिहान दश बजेतिर पार्टी थियो, म सोसल ड्रिंकर । त्यही माथि चियर्स गर्न मात्र ग्लास ऊचालें । एक ग्लास पनि भ्याईन, बेलुका कार्यक्रममा जान थियो । खान खाई दिउँसो आराम गरियो, बेलुका पाँच बजे तिर नुहाई वरी पूजा गरियो र कार्यक्रम तिर लागियो । गाडी चलाऊँदा म ड्रिंक लिन्न । बेलुका दश बजे फर्किदा चेकिंगमा परियो । ढुक्क थिएँ, खाएको थिइन तर मापसे देखायो । मैले मेडिकल गर्न आग्रह गरेँ । मैले बिहान दश बजे एक ग्लास पनि नखाएको कुरा ईमन्दारीता साथ राखें । आफन्तलाई आफ्नो समस्या राखें र ऊनले मलाई टिकेट दिने सँग कुरा गरे । उताबाट गन्ध आको छ ? भन्ने प्रश्नमा ‘आएको छैन’ भन्छ, लागेको छ ?भन्ने प्रश्नमा ‘लागेको छैन’ भन्छ, राम्रै चलाऊँछ ? भन्दा ‘हजुर राम्रै चलाऊँछ’ सर भन्छ, हिँड्न सक्छ ? भन्दा ‘हजुर’ भन्छ, म पनि केही हुन्न होला भन्ठानेर हिंडे । पछि त मापसे कड्या पो ल्न पर्न भन्छ । ज्ञान भन्ने कुरा लिनै पर्छ भनी लिईयो तर मैले त्यहाँ एस.एस.पी साहेबलाई कुरा राखें । मेरो कुरा उहाँलाई मुनासीब नै लाग्यो , ८-१० घन्टाको ग्यापमा फेरी गन्ध पनि नआको सन्दर्भमा किन यस्तो हर्यास्मेन्ट ? भन्दा यो समस्या छ रे अब ऒषधी, चकलेट खाएकोलाई पनि मापसे टिकट दिन पर्योा भन्छन् । समस्याको कुनै निष्कर्ष निकाल्न पर्छ कि पर्दैन ? प्रश्न कमिशन खान पल्केका ट्रफिकलाई ।

एक दिन यी ब्रेथलाईजरको रहस्य पनि ऊदांगो भयो । हाम्रो पाहुना गोरखपुरबाट आएका थिए । डिनरमा मापसे भईन्छ भनेर हामीले भाइलाई गाडी चलाउन लगेका थियौँ । राती घर फर्किने बेलामा मापसे चेकमा पर्यौं, ढुक्क थियौँ, भाइले जांड रक्सी नछुने, खानामा त्यस्तै मम, चाऊमीन रक्सी पर्ने कुरै भएन । तर अकस्मात ऊनकोमा मापसे देखायो, हामी सबै जना चकित । त्यहाँ भनाभन भयो, ट्रफिक लाईसेन्स माग्ने, हामी भने मेडिकल जाऊँ भन्ने । पछि ठमेलको सबै जनता जम्मा हुन थाले । कुरो बढ्गै गए पछि जनतालाई शङ्का लाग्न लागेछ, लौ म रक्सी नखाने व्यक्ति चेक गरूं त ? भन्न थाले । खान पल्केका ट्रफिकलाई गल्ती महसुस भएछ, पन्छिन खोजे । पछि जनताले मापसे चेक गर्नेलाई नै तपाईँले नै मापसे गर्या रहेछ । लौ हिंड्नुस हस्पिटल भनेर र्याख र्याख्ति पार्न लागे पछि पन्छिंदै त्यहाँ सबै कुलेलाम ठोके । मलाई नि पछुतो भयो मैले पनि हस्पिटल जान जोड बल गर्नु पर्ने रहेछ भनेर तर के गर्नु मेरो साथीले घर जा, ठुलो समस्या होइन भनेर हावामा लागेर अहिले त्यो असैले मापसे नि रहेछ भन्दै हावामा टिकट भिराएको ।

त्यसैले यहाँ ट्राफिकले समस्या समाधन र ट्रफिक ब्यबस्थापननमा भन्दा पनि यस समस्यालाई फाइदाको रूपमा परिणत गरी बोरामा पैसा भर्ने र आफ्नो बढुवा र राम्रो ठाउँमा पोस्टिंग सुनिश्चित गर्नको लागी बोरा भर्ने काम मात्र हो रहेछ भन्ने ठोकूवा गर्न सक्व्छ । मैले आफ्नो कुरा, समस्या बारम्बार आफ्नो साथी र नातेदारलाई राख्दा आफूहरूले केही गर्न नसक्ने र नेपाल प्रहरीमा केही पतुर व्यक्ति पनि रहेका र त्यसतालाई ठेगान तथा तह लगाउन आफ्नै कलमको शक्ति प्रयोग गर भन्ने आग्रहलाई सम्मान गर्दै आज नेपाल प्रहरी तथा कमिशनका भोका ट्राफिक विरुद्ध विष बमन गर्न बाध्य भएको हुँ । हामी जस्ता मै हुँ भनेर खोक्नेलाई बिकराल समस्या छ भने निमुखा जनताको खोइ के कुरो भयो । यति भन्दै गर्दा मेरो कलमको शक्तिको दुरुपयोग नहोस भन्न चाहन्छु, मैले यस्तो विष बमन गर्ने आँट सामाजिक सन्जालमा बटुवाहरूको र ट्राफिक प्रहरीको ज्यादतीबाट आजीत भएको सवारी चालकको यातना र मर्मबाट भएको हुँ ।

ट्राफिकले लाईसेन्स रिन्यू फेल, ब्लूबुक रिन्यू फेल भनी चिट काट्छ । त्यसको जरिवाना तिराऊन लगाउँछ । जब तपाईँ रिन्यू फेलको कर भर्न जानूस, त्यहाँ पनि जरिवाना तिराऊँछ । अब भन्नुस, संसारमा कतै एउटा गल्तीको लागी दुई चोटि सजायँ भोग्न पर्छ ? नेपालमा चाहिँ पर्छ है । एकचोटी ट्राफिकले कमिशनको लोभले तिराऊँछ भने त्यही गल्तीलाई सडक विभागले राजस्वको लोभले ।

एक पटक अकस्मात ट्रफिकले दिउँसो रोक्यो ।मैले अनभिज्ञका साथ सोधेँ – गल्ती के भयो ? लाईसेन्स लियो टिकट काट्यो । ऊनले ऒँलाऊँदै राईट साईडको ब्रेक लाईट नबलेको भने । तर हिजो मात्रै बनाउने ग्यारेजबाट निकालेको किन वलेन म आफैँ छक्क परें । मैले प्रहरी अधिकृत साथीलाई फोन लगाएँ, उनले सहयोगको अशमर्थता जनाए, किनकि टिकट दिई सकेका थिए । विदेशमा भए सचेत गरेर छोड्थे, यहाँ कमिशनमा र्‍याल काट्न पर्याछ । तर पछि थाहा भयो बल्ब खुकूलो भएको रहेछ, बाटो एकदम राम्रो छ, गल्ड्यांग गुल्डुंग काहीं भेटिन्न ।

विदेशमा मापासे चेक गर्दा पनि दश कदम अगाडी दश कदम पछाडि हिंडाऊन लगाऊँछ, यहाँ त कमिशनका भोका जिरो टलरेन्स, चकलेट, ऒषधी, केक , रेडबुल , खाना जे मा पनि कमिशनको नाममा समात्दै टिकट दिएको छ । झन् हाम्रो जस्तो जात्रा, भोज, नखटे हुने देश, जहाँ कुनै सम्प्रदायको विशेष पर्व, पूजामा रक्सी नभई तथा नचाखी हुन्न । अब हामी जस्तो सोझा साझा जनताबाट तिमी ट्राफिकले लुट्न पाको छ त्यसैले खा भैरे खा चपा भैरे चपा ।

गल्ट्यांग गुल्टुंग बाटो, हरेक महिना बाटोको कारणले गाडी ग्यारेजमा बनाउन लानु पर्छ । सानो तिनो गल्तीलाई सचेत पनि गराउन सकिन्छ मानवताको हिसाबले पनि । तर सिधै पर्चा काट्न पल्केकाहरू बिग्रेको बाटोको कारण गाडीको लाइन तथा बत्ती खुकूलो भई सानोतिनो गल्ती हुन्छ भन्ने ख्याल गर्दा गर्दै हप्ता उठाउन आत्तुर भई हाल्छन् ।

नेपालको मुख्य दुर्घटनाको कारण नेपालको अब्यस्थित, बिग्रेको बाटो तथा बाटो छुट्टयाऊने कुनै सङ्केत नहुनु तथा ट्राफिक बत्ती नहुनु पनि हो । यसले गर्दा कैंयौं भौतिक क्षति हुनु, घाइते हुनु र सवारी साधनमा क्षति पनि भएको छ । यस्तो क्षति पूर्ती कसले दिने हो ? प्रत्यक्ष कमिशन उठाउने ट्राफिक प्रहरी यसको प्रमुख जिम्मेवार हो , किनभने उसलाई यी समस्या प्रत्यक्ष रूपमा थाहा छ । उसलाई समस्याबाट धेरै रूपमा फाइदा छ, घटना देखाउँदै हप्ता उठाउन जो सजिलो छ । नेपाल प्रहरीमा तपाईँ कुनै तहका प्रहरीलाई सोध्नुस तिनीहरूको प्रथम च्वाईस नै ट्राफिकमा सरुवा जाने आकाङ्क्षा हुन्छ । हामी बिचरा ट्रफिकलाई कति गाह्रो छ, बाटोको धुलो कति खान पर्छ भन्दै ऊनीहरू प्रति सहानुभूति जनाऊँछौं तर तिनीहरूको प्रथम च्वाईसनै ट्राफिकमा सरुवा जाने होडबाजी देखिन्छ ।

ट्राफिकबाट समस्या पर्ने बितिकै समस्या सुनाऊनलाई १०३ मा फोन गर्‍यो, समस्या भन्नुस भनी गन्थन सुनेपछि , महाराजगंज ईनिस्पेक्टर साबको नम्बर दिई पन्छे पछि यिनीहरूबाट केही समस्या सुल्झिन्न भन्ने ठानी कलम चलाउन बाध्य हुन पर्‍यो । यो समस्या आम नेपालीको भन्ने कुरा ट्रफिक पीडित सामाजिक सञ्जालमा देखिन्छ ।

एकचोटी बांसबारी गंगालालमा ट्रफिकको दादागिरी पनि देखियो । १०० मिटरमा पानीको पाईप लाइन बिछ्याऊने काम भइरहेको थियो, ड्राईभर्शन राखिएको थियो गंगालालबाट चप्पल कार्खाना निस्कने । १० मी. मा पश्चिमबाट पिपलबोटतिर जाने भनेर चालकले बिस्तार} सङ्केत गर्दै जाँदा ट्राफिक एक्कासि आवेसमा आएर साँचो खोसी चालकलाई हात पो हाले । सब जनताले यो हर्कत देख्ने बितिकै ट्रफिक प्रहरीप्रति जाई लागे । ऊनको मुखबाट रक्सीको गंधले त झन् जनता रिसाई हाले । अस्पताल लाने कुरा उठ्यो पछि थप ट्राफिक आएर माफी माग्दै उनलाई भिडबाट फुत्काएर लगे ।

पछि ऊनी चोक तिर सिट्टी फुक्न लागेको देखियो यो उनलाई केही कार्बाही नभएको सङ्केत थियो ।आईजिपी हेम बहादुर सिंह अगाडी लामा आईजिपी र पछिका सबै आईजिपी अनियमीतता , भ्रष्ट्रचार, अख्तियार कार्बाहीमा पर्नुले र आपसी अनैतिक द्वन्द र हेडबाजी र अनैतिक क्रियाकलापले पनि जो अगुवा त्यही बाटो हगुवाले प्रहरी सङ्गठन हदै सम्म बदनाम भएको छ । जसले गर्दा असल, सङ्गठन प्रति ईमान्दार, कुशल , सक्षम, कर्मठ, सही नेतृत्व भएका राम्रा प्रहरीहरू समेत विभिन्न बहानामा मुछिनु पर्ने अवस्था छ भने अन्य विकृत मानसिकताले ग्रष्त प्रहरीले गर्दा राम्रा प्रहरीहरू हतोत्साहीत हुनुको साथै कैंयौं विदेश पलायन हुनु सङ्गठन र राष्ट्र दुवैको लागी हानिकारक छ ।

तसर्थ सङ्गठन बचाउन चुस्त दुरूस्त राख्नु छ भने असक्षमहरूलाई हटाऊनु पर्दछ । साथै विकृत मानसिकता भएकालाई कार्बाही गर्न पर्दछ । समय समयमा तालीम तथा प्रशिक्षण दिई बडा महाराजको दिव्य ऊपदेश झैँ ‘सिपाहीं भन्या तिखारी राख्न पर्दछ ।’ नेताको घर घरमा बोरामा पैसा लिएर हिँड्ने प्रबृतीलाई निरूत्साही गर्न कडा भन्दा कडा कार्बाही गर्न पर्दछ । ट्राफिक तथा अन्य मालदार भन्ने ठाउँलाई निरूत्साही गर्न सक्षम व्यक्ति पठाई त्यस्तो ठाउँको सक्षम अध्यन तथा निरीक्षण गरी रहन पर्दछ । मेरो सिंगापुरियन गुरु (किचेन सेफ)बेन ट्यानले भने झैँ समय सापेक्ष तथा पुग्दो तलब तथा भत्ता हुन पर्दछ ।

त्यहाँ पुलिसले कसैलाई गल्ती गरे बापत टिकट दिँदा गल्ती गर्नेले घुस दिने बित्तिकै अर्को टिकट दिई हाल्दछ रे । पुग्दो तलब छ र त्यसले, छोराछोरी जहान परिवार घर तथा निजी जीवन बडो सरल ढङ्गले चल्छ भने घुस किन खान पर्‍यो? अनियमीतता किन गर्नु पर्योे ? फेरी घुस लिन प्रहरी विरुद्ध कम्प्लेन पुगेर दोषी ठहर हुने बित्तिकै जागिर पनि चैट , सुख सुविधा नि चैट अनि आफै मामा घरको बास, अहिले त ससुराली भन्ने चलन छ । सरकारले ज्वाईँ जस्तै पाल्छ त्यसैले होला ।
तसर्थ बाटोले धेरै राम्रा कुरा सिकाऊँछ, मानिसलाई अनुशासन बनाउँछ, चैतनशील प्राणी बनाउँछ, बाटोले विकासको गतिको सुशासन प्रतिबिम्बीत गराउँछ । बाटोबाट देखिन्छ, मानिस कतिको सिभीलाईज छन्, यो एउटा सम्पूर्ण पाठशाला हो ट्रफिकले झैँ ठगी खाने भांडो होइन, कमिशन उठाउने ठांडो नबनाऊँ ।

लाईसेन्सको जाँच लिने तरिका पनि स्ट्यान्डर्ड अनुसार हुनपर्‍यो नि । एक जना भाइ १० वर्ष अमेरिका बसेर आको, उता गाडी भएन भने अपांग झैँ हुन्छ, व्यवस्थित ट्राफिक, चलाउन नै मज्जा । ती भाइ यतै बस्ने भए पछि यहाँको लाईसेन्स लिन तयारी भएछन् बल्ल बल्ल दुई चोटीमा पास भएछन् । यहाँको जाँच गाह्रो भन्दा त्यो पनि होइन । कारण के रहेछ भने ऊनले ऊतैको अनुरूप सिटमा बस्ने बितीकै साईड रियर मिरर, मिलाए पछि सिट बेल्ट लाएछन् , अनि स्टार्ट गरे पछि कता जाने थाहै भएनछ । लौ तपाईँ अर्को पटक आऊनुस् भनेर फेल पार्देछ । यिनले नि अमेरिकाकै सिकेछन् क्यारे भिसाको पहिले तिरे जस्तै यहाँ पनि लाईसेन्सको पहिले तिर्नु पर्छ, भिसा फेल भएर पैसा पच भए झैँ लाईसेन्स फेल भए यहाँ पनि पैसा स्वाहा हुन्छ ।

तर उता सबै फर्ष्ट टेष्ट मिरर मिलाऊने र सिटबेल्टमै फेल हुन्छ । सानो कुरा प्रायले ध्यान दिन्नन् । त्यसमा पास भए पुलिसले गन्तब्यको दिशा देखाउँदै अगाडी पछाडि ऊकालो ओरालो गर्दै पार्किंग गर्न लगाऊँछन् । पार्किंग गर्दा पछाडि नफर्कि सिसाको माध्यमबाट पार्किंग गर्न लगाऊँछ, अन्तिममा त्यही ईन्टरभिऊ हो । तर ती भाइलाई यता जा उता जा केही नभनीकन त्यो त आफै जान्न पर्छ भने पछि तपाईँले प्रश्न गरे मैले उत्तर दिने हो जहाँ जा भने त्यतै पो जाने हो भन्दै बादबिबाद बढेछ । तर नेपालीलाई कुनै राम्रो सुझाव दिनुस बडो जान्ने भईस भनेर सुन्नै मान्दैनन् । मैले आफ्नो समस्या र सुझाव दिन प्रयास गरेँ , सुने पो , सुन्नेले केही गर्न सके पो, आखिर मेरै मित्रहरूको सुझाव अनुसार कलम चलाऊँन बाध्य भएँ ।

जेब्रा क्रशिंगको कुरा गर्दा जेब्रा क्रशिंग चौबाटो तथा ट्रफिक लाईट आउनु भन्दा वरै झन्डै २० मिटरमा हुन पर्छ । यहाँ त टर्निंगमै जेब्रा क्रशिंग छ, त्यसको केही मिटर पर बाहन रोक्ने लाइन पनि हुन्न । अनि हतार हतारमा क्रश गर्न पर्ने , बाहन पनि पेल्लेर आउने, रोक्ने ठाउँमा पनि लिसो टाँस्या झैँ बाहन आएर रोकेर बस्ने, ठोक्किन लाग्यो भनेर सचेत स्वरूप हर्न बझाए ट्राफिकको खुदो पल्टि हाल्ने, दसैँ लागी हाल्ने । ट्रफिकको कमिशन मात्रै उठाउने र घुस खाने प्रबृतीले ट्राफिक नियम सुध्रिने भन्दा पनि अस्तव्यस्त नै बढ्ने हो । गतिलो उदाहरण घर नजिकै छिमेकीले दमक – काठमाडौँ माईक्रो हालेका छन् ।

उहाँलाई राती भएपछि टुच्च लगाऊनै पर्छ । मलाई हजुरलाई घुम्न लान्छु भन्नु हुन्छ । मैले उहाँको खाने बानी छुट्यो त भनेर सोद्धा कहाँ नानी देखी लाको बानी छुट्छ दाइ भन्दै हाँस्नु भयो । अनि बिहान ट्रफिकको मापसेमा पर्दैन त , रक्सीको मात्र त धेरै समय शरीरमै बस्छ रे भन्दा, यो सब समितिले हेर बिचार गर्छ रे । अति नै भए खल्तीमा हजार रूपैंया हाल्दे खान नपाहरू दङ्ग परिहाल्छ नि रे । अनि पानी मरूवाहरू त हामी जस्तालाई मात्रै पो च्याप्ने रहेछ भन्ने पक्का भयो । ब्रेथ लाईजरको बारेमा मैले आफूलाई पर्दा प्रहरीको आफन्तलाई सोद्धा पो थाहा भयो, बिग्रेर सब ऊल्टा पुल्टा देखाऊँछ रे , अनि त्यस्तैबाट पो ट्राफिकले असुली धन्दा चलाउने रहेछन् ।

सडक विश्व विद्यालय हो र ट्राफिक प्रहरी गुरु हुन पर्नेमा चाण्डालको भूमिकामा देखिन्छ । संसारको अति विकसित मुलुकमा झैँ यहाँ पनि ट्राफिक नियम र कानुन होस हामी पनि चाहन्छौँ, व्यवस्थित होस, जनताको चाहना हो, तर हातमा २४ घंटा चिट लिएर चन्दा असुल्ने जस्तो बस्ने हो भने तपाईँहरू जनताको रगत तताऊँदै हुनुहुन्छ, विद्रोहको भावना जगाऊँदै हुनुहुन्छ । पैसा असुल्ने तपाईहरू धन्दावाल होइन ? ट्राफिक को नियम कानुन बारे सचेतना फैलाऊने सचेत सेवक हुनुहुन्छ ।

कतिपय नियम कानुन ट्राफिकले भर्खर नै परिचय गराऊँदै हुनूहन्छ, कति स्वयम ट्रफिकहरू नै बि1 हुनूहुन्न भने, के आधारमा तपाईँले पैसा खाएर सवारी चालक पत्र पास गरिदिएको चालक सँग अपेक्षा गर्न हुन्छ ? ट्राफिक र सडक विभागले चाह्यो भने आफैले एउटा सवारी , ट्रफिक नियम कानुन ,सवारी साधन सम्बन्धी र सवारी साधन बनाउन सम्बन्धी प्रशिक्षण , पढाई र सवारी चालक पत्र बन्ने आधार हुने कक्षा सञ्चालन गरी देशमा सचेत र परिपक्व सवारी चालत उत्पादन गर्न सक्दछ ।