पैयुँकाे उदगम विन्दु महाशिलाकाे कालज्वाडमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पैयुँकाे उदगम विन्दु महाशिलाकाे कालज्वाडमा



-रोसन भुसाल,पोखरा

इतिहास मानिस वा ठाउँकाे पहिचान हाे । मानव सभ्यताकाे एेना मात्र नभई चिनारी र माैलिकपन हाे । यस पृथ्वीमा जीवकाे अस्तित्व सँगसँगै मानव जङगली रूप धारी बिस्तारै मानव सभ्यताको विकास भयाे ।नेपालमा शासन सुरुवातीकाे क्रममा गाेपाल वँश , महिषपाल वँश , लिच्छवि ,मल्ल आधुनिक काल हुँदै वर्तमान सम्म अाएकाे छ । लिच्छवी कालमा नेपाल बाईसे चाैबिसे राज्यमा विभाजित भयाे । पश्चिम नेपालकाे चाैबिसे राज्यमध्ये पैयुखाेला र मर्दिखाेलाकाे शिरमा एक पैयु राज्य थियाे । हाल याे ठाउँ हाेश्राङ्दी ( महाशिला गाउपालिका वडा न. १ ) मा पर्दछ । जुनबेला पैयुराज्यकाे अधिनमा पैयु दरबारडाडाबाट सिमाना पूर्वतिर करादी खाेला ,शिरकाेट, डुम्रेभन्ज्याङ, दक्षिणतिर बानीडाँडा , तारे पहराे ,सिहारकाेस, पिडिखाेला , सल्यान ,ठुलाेखाेला र कालिगण्डकि पैयुखाेलाकाे सँगम सेतीवेणी शिला , शालिग्राम विहादी पुर्तिघाट नवखर्क लामकाे धारा दुक्तान धुवाकाेट,ठुलाेभन्ज्याङ, छरिकाेट आदि रहेकाे इतिहासमा पाइन्छ । सुरुमा यस पैयु राज्यमा आले राना चिताैरे र थापा मगरहरुले संयुक्त शासन गर्न थाले ।

चारथरी राजाहरुकाे आपसमा झगडा भएपछि नयाँ राजा ल्याई शासन गर्ने निर्णय गरे । निर्णयबमाेजिम भारतकाे बनारसबाट रामसिँह सेनलाई झिकाएर राज्य सञ्चालनकाे जिम्मा दिए । राजा रामसिँह सेन हुँदै लाभसिँह , चामसिँह, दागम्वर सिंह, सँग्राम सिँहभुप भैरव अकबर सिंह सेन हुँदै नायव सायव जस्ता राजाहरूले शासन गरेका थिए । यत्राे पुरातात्त्विक तथा एेतिहासिक भूमिमा एक पवित्र धार्मिक स्थल छ, जसलाई पैयुकाेट भनिन्छ । प्राकृतिक ,एेतिहासिक, पुरातात्त्विक साथै धार्मिक पहिचानबाट परिचित यस ठाउँबाट माछापुच्छ्रे र अन्नपूर्णकाे मनाेरम दृश्य देखिन्छ । जसले जाे काेहीलाई ह्रदयउमङगित पार्दछ । यति गहन अस्तित्व र पहिचान भएकाे ठाउँमा कता कता काेईराेले छेकेकाे हाे कि मान्छेले नदेखेकाे जस्ताे अवस्थाकाे धरातल बनेकाे छ । पैयुकाे उदगम भूमिमा कालाे बादल मडारिएकाे छ । आफू आफू भित्रै पैयुकाे केन्द्रविन्दुकाे चिनारी खाेसिएकाे छ । पैयुकाे केन्द्रविन्दु पैयुगाउपालिकामा पर्दैन ? याे कस्ताे विडम्बनापुर्णकाे जालाे ? कस्ताे व्यवहारिक र वैज्ञानिक संरचना र नामाकरण? पैयुकाे उदगम विन्दु हाेश्राङदीलाई महाशिला वडा न. १ मा पर्दछ ,जुन ९५% जनताकाे चाहना विपरीत हाे ,भुगाेलमात्र मिलाउनुकाे सार्थकता भन्दा समाज एेतिहासिक सभ्यता र परम्पराबाट बाचेकाे हुन्छ । विविध पर्यटनकाे सम्भावना बाेकेकाे पैँयुकाे सम्बन्ध पैयुपालिका कै वार्डहरुमा बढी छ ।

कालिगण्डकि करिडाेर र लाेकमार्गकाे निर्माण भएपछि उतरबाट लुम्बिनी हिडेकाे पर्यटक र दक्षिणबाट मुक्तिनाथ हिडेका आन्तरिक र बाह्य पर्यटककाे अाकर्षककाेकाे रूपमा पैयुक्षेत्र बन्नेछ ।हुवासदेखी पैयुकाेटसम्म केबुलकारकाे पहल समेत भएकाे छ । पैयुपालिका विकसित बन्नकाे लागि पनि पैयुकाे शिर आवश्यक छ, पैयुकाेटकाे विकासकाे लागि पैयुक्षेत्र अनिवार्यता छ ।पैँयुकाेटकाे विकास सँगसँगै गाेल्याङलाई पर्यटकीय क्षेत्र, पाहारकुनकाे बाैद्द बिहार र अर्गाउदीकाे हाेमस्टे सहितकाे पर्यटकीय गाउँ र बाजुमण्डली समेतकाे विकास हुने सम्भावना रहेकाे छ । पुनसंरचना अायाेगका प्रमुख बालानन्द पाैडेलले नमिलेकाे संरचना र केन्द्र निर्वाचित जनप्रतिनिधिबाट हेरफेर गर्न सकिने बताइरहदा जनमानसले खुल्ला ह्रदयले साेच्ने र निर्णय गर्ने समय रहेकाे छ । स्वीकार गर्ने हिम्मत र सुधार गर्ने नियत छ भने भुलबाट पनि धेरै कुरा सिक्न सकिन्छ ।वास्तविक बाटाे अंगाल्न सकिन्छ । एेतिहासिक धरातल, अस्तित्व ,मानवीय सम्बन्धर जनभावना केही क्षणीक बन्दी गराउनुभन्दा जीवित तुल्याएर दिगाे समृद्ध र समुन्नत समाज निर्माणमा जाेड दिनुपर्छ ।