पाकिस्तानी मन्त्रीले भने: भारतलाई समर्थन गर्ने देशमाथि क्षेप्यास्त्र प्रहार गर्छौँ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पाकिस्तानी मन्त्रीले भने: भारतलाई समर्थन गर्ने देशमाथि क्षेप्यास्त्र प्रहार गर्छौँ



एजेन्सी – पाकिस्तानका एक मन्त्री अली अमीन गंडापुरले एक कार्यक्रममा भाषण गर्दै कश्मीरको विषयमा भारतलाई समर्थन गर्ने देशमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएका छन् ।

कश्मीर तथा गिल्गिट बाल्टिस्तान मामिलाका मन्त्री अमीनले भने, ‘कश्मीरका विषयमा भारतसँग तनाव बढेमा पाकिस्तान युद्धका लागि बाध्य हुनेछ । यस्तो अवस्थामा भारतको समर्थन गर्ने देशर्ला हामी दुश्मन मान्नेछौं र ती देशमाथि पनि क्षेप्यास्त्र प्रहार गर्नेछौं ।’

जम्मु–कश्मीरलाई दिइएको विशेष दर्जा भारतले हटाएपछि पाकिस्तानका मन्त्री तथा अधिकारीहरूको विवादास्पद बयान आउने क्रम जारी छ ।