बलात्कारीलाई नपुंसक बनाउने विधेयक पाकिस्तानको संसदबाट पास - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बलात्कारीलाई नपुंसक बनाउने विधेयक पाकिस्तानको संसदबाट पास



एजेन्सी- लामो समयको तयारीपछि पाकिस्तानले नयाँ विधेयक बनाएको छ । नयाँ विधेयक अनुसार अब बलात्कारमा दाेषी पाइने व्यक्तिले नपुंसक बन्नुपर्नेसम्मको प्रावधान छ ।

त्यहाँकाे संसद्ले पारित गरेकाे बलात्कारसम्बन्धी नयाँ विधेयकमा बलात्कारका दाेषीलाई नपुंसक बनाउन सकिने गरी कडा सजाय ताेकिएकाे हाे ।

पाकिस्तानमा केही वर्षयता बलात्कार घटनाबारे बढ्दाे जनाक्रोशलाई हेर्दै नयाँ कडा कानुन बनाउने निर्णय गरिएकाे थियाे । त्यहाँ गत वर्ष बलात्कारका दाेषीलाई नपुंसक बनाउनेबारे एक अध्यादेशसमेत ल्याइएकाे थियाे ।

करिब एक वर्षपछि यस्तै प्रावधानहरूलाई एक विधेयकमा पेस गरियाे, जुन अस्ति बुधबार संसद्काे संयुक्त सत्रमा पास गरिएकाे हाे ।

यद्यपि, बलात्कारीहरूलाई नपुंसक बनाउने प्रावधानकाे कट्टर इस्लामी गुटहरूले विराेध गरिरहेका छन् । जमात-ए-इस्लामी पार्टीका सेनेटर मुस्ताक अहमदले विधेयकलाई इस्लाम-विरोधी र शरियाविरुद्ध भनेका छन् ।

उनले भने, ‘एक बलात्कारीलाई सबैकाे सामु फाँसीमा झुण्डाइदिनुपर्छ । तर, शरियामा नपुंसक बनाउने कुरा कहिँकतै छैन ।’