पखाला लागेर मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पखाला लागेर मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि



वीरगन्ज- पर्सामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सोमबार ज्यान गुमाएकी पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

पखाला लागेपछि स्थानीय अस्पतालमा उपचार गर्न गएकी उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

पोखरिया–८ जगतपुर घर भएकी ती युवतीको मृत्युपछि स्वाव संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । मंगलबार राति उनको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने देशैभर कोरोनाबाट ५९ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट नेपालमा अहिलेसम्म २१ हजारभन्दा धेरै संक्रमित भएका छन् ।