केशव स्थापित घुस लिँदालिँदै रङ्गेहात पक्राउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

केशव स्थापित घुस लिँदालिँदै रङ्गेहात पक्राउ



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केशव स्थापितलाई घुस लिंदा लिंदै रंगेहात पक्राउ गरेको छ ।

करदाता सेवा कार्यालय पुतलीसडकका नायब सुब्बा केशव स्थापित घर्तीमगर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थापितलाई रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीको स्थायी लेखा नम्बर प्यान दर्ता खारेजी  गर्नुपर्नेमा नियमानुसार नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप सहित उनी विरुद्ध अख्तियारमा मुद्दा परेपछि अख्तियारको टोली त्यहाँ पुग्दा उनले ६ हजार रुपैयाँ घुस लिएको भेटिएपछि उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

स्थापितले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९क० बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।