ठूलो परिमाणमा लागु औषधसहित रुपन्देहीबाट चारजना पक्राउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ठूलो परिमाणमा लागु औषधसहित रुपन्देहीबाट चारजना पक्राउ



रुपन्देही, असोज २४ – रुपन्देहीमा लागु औषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ परेकाहरुबाट भण्डार गरिराखिएको ठूलो परिमाणको लागु औषध बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–६ का गुलाबचन्द सहनी, रोहीणी–७ का राधेश्याम यादब, पोखराका अन्तिम गुरुङ र तनहुँकी अन्जु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रोहिणी गाउँपालिका–३ बाट पक्राउ परेका उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नुफिम २ हजार १०० सिसी बरामद भएको प्रहरीले बताएको छ ।

यादबले भारतबाट लागु औषध खरीद गरी बिक्री गर्ने गरेको, सहनी ओसारपसारमा संलग्न रहेको र गुरुङद्वय खरिद गर्न आएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ५८ हजार रुपैयाँ नगद पनि बरामद गरिएको बताएको छ ।