पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली



पाल्पा ,२० अशोज । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पाल्पामा नेपाली काग्रेस र नेकपा एमालेले उम्मेद्वारको नाम छनौट गरेर केन्द्रमा सिफारिस गरेका छन् ।

नेपाली कांग्रेसबाट सिफारिस उम्मेदवारहरु
नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाका अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी, विष्णुमाया ढकालको नाम सिफारि गरिएको छ । समानुपातिकतर्फ भने एक मात्र उम्मेदवार सन्दिप रानाको नाम सिफारिस भएको छ ।

प्रदेश सभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ को १ बाट एकजना मात्र देवराज ढकालको नाम सिफारिस भएको छ । ढकाल वर्तमान जिल्ला उपसभापति हुनुहुन्छ । प्रदेश सभाको समानुपातिकतर्फ ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भट्टराई र रुपा विकको नाम सिफारिस भएको छ ।

प्रदेश सभाको २ नम्बर क्षेत्रमा प्रत्यक्षतर्फ दानबहादुर पछाई, शंकर खनाल र विजया भट्टराईको नाम सिफारिस भएको नेपाली काग्रेस पाल्पाले जनाएको छ । समानुपातिकतर्फ विष्णु कुमार थापा, कृष्ण भट्टराई, डिल्लीराज रेग्मीको नाम सिफारिस भएको छ ।

प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नम्बर २ मा हरिप्रसाद नेपाल, राजन प्रसाद पन्त, विरबहादुर राना र डा.रामप्रसाद ज्ञवालीको नाम सिफारिस भएको छ ।

प्रतिनिधि सभामा क्षेत्र नम्बर २ मा सिफारिस हुने नेपाल वर्तमान सांसद, पन्त पूर्व केन्द्रीय सदस्य , राना वर्तमान जिल्ला सभापति र ज्ञवाली पुराना नेता हुन् ।

समानुपातिकतर्फ विधान श्रेष्ठ, वसन्ती घिमिरे, जमिला मिया, शोभा शाक्य, शान्ता बोहोरा, अम्बिका पौडेल, शारदा नेपालको नाम सिफारिस भएको छ ।

प्रत्यक्ष तर्फ क्षेत्र नम्बर २ को १ बाट सुनिता अधिकारी, यमलाल तिमिल्सेना, माधव नेपाल, रामेश्वर पन्थी, हिमालदत्त श्रेष्ठ, सरश्वती बस्याल, रमा पन्त र प्रदीप उदयको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ अजयमान कर्माचार्य, लालकुमारी राना, अम्बिका भट्टराई, गंगा पौड्याल, चकोरमान शाक्य, कष्णबहादुर राना, कोपिला कार्की, जनक गाहा, झपेन्द्र गहिरे, दलबहादुर राजपुत, दमबहादुर कार्की, पदम बस्याल, पोषकान्त बस्याल, विष्णुबहादुर गाहा, महेश्वरी कुवर, महेन्द्र खाती, माधव न्यौपाने, मुक्तिराम बस्याल, मोहन प्रसाद श्रेष्ठ, यादवसिंह कार्कीको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ को २ नम्बरमा प्रत्यक्षतर्फ विमल ढकाल, जुद्धबहादुर थापा, विनोद कार्की, लक्ष्मण रायमार्झी, हिराधर आचार्य, शंकर रायमाझी, हरिलाल पोखरेल, ओमप्रसाद पोखरेल, खड्गबहादुर कुवर, पदम न्यौपाने, मदन आचार्य, रामचन्द्र पाण्डे, रामबहादुर कार्की, लक्ष्मण खनाल, लक्ष्मण हिताङ्ग, सीतादेवी पोखरेल, अमरबहादुर थापा, कान्ता अधिकारी, गिरिजा गैरे, दिवाकर अर्याल, धनबहादुर रायमाझी, नलबहादुर राना, माया खनाल, लक्ष्मी गैरेको नाम कांग्रेस पाल्पा केन्द्रमा पठाएको छ ।

एमाले बाट सिफारिस उम्मेदवारहरु
नेकपा एमाले पाल्पाले प्रतिनिधि सभाको लागि पाल्पा क्षेत्र न. १ बाट प्रत्यक्ष उम्मेदवारमा दलबहादुर रानाको नाम सिफारिस गरेको छ । राना एमाले केन्द्रिय सदस्य एवं पूर्व भुमिसुधार मन्त्री हुनुहुन्छ ।
पाल्पा क्षेत्र न. २ बाट सोमप्रसाद पाण्डेय, ठाकुर गैरे, धनेन्द्रराज घिमिरे, यादव बहादुर रायमाझी र गणेश बस्यालको नाम प्रत्यक्षमा सिफारिस गरेको छ । सिफारिस हुने पाण्डे बर्तमान सांसद एवं पुर्ब उधोग मन्त्री , गैरे केन्द्रीय सदस्य, घिमिरे पूर्व केन्द्रीय लेखा आयोगका सदस्य र बस्याल कर्मचारीका पूर्व केन्द्रीय अध्यक्ष हुन् ।
समानुपातिकतर्फ एकप्रसाद भण्डारी, टंक खनाल, कुबिजा अर्याल, इन्द्रा गहतराज र ठाकुर लोहागुन र मिन प्रसाद न्यौपानेको नाम सिफारिस गरेको एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रदेश सभा चुनावको प्रत्यक्षतर्फ प्रदेश नं १ मा युवराज खनाल, २ मा नारायण आचार्य, झपेन्द्र बहादुर जिसी, राजेन्द्रलक्ष्मी गैरे, करुणा काफ्ले, जिवन आचार्य, प्रेम श्रेष्ठ र खेम सारुको नाम सिफारिस गरेको छ । त्यस्तै पाल्पाको प्रदेश सभाको क्षेत्र नम्बर ३ को लागि कृष्णराज अधिकारी, कमल पाण्डेय, तिर्थ गौतम, नुरराज बस्याल, मोहन थापा मगर, मोहनलाल गैरे, डा. पुरनमान ब्रजाचार्य, त्रिरत्नलाल शाक्य र सुनिता शर्माको नाम सिफारिस भएको एमाले पाल्पाले जनाएको छ ।

क्षेत्र नम्बर ४ बाट कृष्ण जिसी, कृष्ण बहादुर थापा, गीता भट्टराई, चिरन्जीवी पोखरेल, झलक बहादुर रायमाझी, तुल बहादुर अधिकारी, धन बहादुर रायमाझी, बिन्दु आचार्य, रामजी पोखरेल, रामजी भट्टराई र रन्जना रायमाझीको नाम शिफारिस भएको छ ।
समानुपातिकतर्फ देवीलाल लामिछाने, उर्मीला शर्मा, कालीदास श्रेष्ठ, रमा घर्ती, मुक्तिराज कालिराज, परशुराम भट्टराई, रुक्मीणी देवकोटा, गिता पाण्डेय, दुर्गा प्रसाद खनाल, माधव आचार्यको नाम सिफारिस गरेको छ ।