पाल्पामा एमाले उम्मेदवारद्धारा मतदातालाई चामल बाँड्ने प्रयास, चामलका बोरासहतिको गाडी प्रहरी नियन्त्रणमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पाल्पामा एमाले उम्मेदवारद्धारा मतदातालाई चामल बाँड्ने प्रयास, चामलका बोरासहतिको गाडी प्रहरी नियन्त्रणमा



मंसिर १२,पाल्पा  ।

पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५ ख ५७९९ नं.को गाडीमा झण्डै १५ बोरा चामल, वियर, नुन, तेल लगायतका खाद्य तथा पेय पर्दाथ रामपुर नगरपालिकाको वडा नं. ४ मा पर्ने सिताकुण्डमा लैजादै गर्दा नियन्त्रणमा लिइएको हो ।

एमालेका तर्फबाट रामपुरको उपमेयरकी उम्मेदबार दुर्गा रानाका श्रीमान् टिकाराम रानाले बसपार्कमा रहेको पसलबाट अर्डर गरेर ती सामानहरु लगिएको प्रारम्भीक अनुसन्धनबाट पत्ता लागेको छ । गाडीमा एमालेको बडा नं. चारका उम्मेदबार सहितका केही कार्यकर्ताहरु पनि रहेका थिए । उनीहरु सहित गाडी र खाद्य तथा पेय पदार्थलाई तरुण दलका नगर सभापति शंकर खाँणको टोलीले गाँमडाडा भन्ने ठाँउबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

गाडीमा एमालेका कार्यकर्ता भएको, एमालेको झण्डा बाधेको, उपमेयरका उम्मेदबारको श्रीमानले सामान अडर गरेको लगायतका कारणले ती सामानहरु एमालेले वितरणकै लागि लगेको अनुमान गरिएको छ ।