पाल्पामा बाम गठबन्धनको चुनावी सभा तथा भेटघाट कार्यक्रमले तिव्रता पाउदै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पाल्पामा बाम गठबन्धनको चुनावी सभा तथा भेटघाट कार्यक्रमले तिव्रता पाउदै



पाल्पा : चुनाव नजिकिएसँगै पाल्पामा पनि बाम गठबन्धनका चुनावी सभा तथा भेटघाट कार्यक्रमले तिव्रता पाउन थालेका छन ।
यसैवीच संयुक्त बाम गठबन्धनको नेतृत्वमा रहेको पार्टी एकता संयोजन समिति पाल्पाको आयोजनामा प्रतिनिधि सभा (निर्वाचन क्षेत्र) २ अन्तर्गत विभिन्न ठाउँमा चुनावी सभा तथा भेटघाट कार्यक्रम सम्पन्न भएका छन ।

मंगलबार जिल्लाको रिव्दीकोट गाउँपालिका वडा नं. ७ पालुङ्ग मैनादीको वतासेमा चुनावी सभा कार्यक्रम सम्पन्न भएको छ । चुनावी सभामा बोल्दै कपा एमालेका केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा २ का उम्मेदवार सोम प्रसाद पाण्डेले नेपाली कांग्रेस लगायतका पुरातनवादी दलहरु मुलुकका ठुला दुई कम्युनिष्ट पार्टिको चुनावी एकताबाट अत्तालिएर सर्वसाधारण जनतालाई भड्काउन खोजेको आरोप लगाएका छन । उनले बामगठबन्धन चुनाव जित्नको लागि मात्र नभई मुलुकको समृद्धिको लागि गरिएको बताए ।
निर्वाचनपछि ठुला दुईवटा कम्युनिस्ट पार्टी मात्र नभै स–साना कम्युनिस्ट पार्टीलाई मिलाएर एउटै कम्युनिस्ट केन्द्र बनाउने तयारी भैरहेको उनको भनाई छ । उम्मेदवार पाण्डेले लामो समयसम्म सरकारमा रहेपनि कांग्रेसले देश र जनताको पक्षमा कामगर्न नसकेको आरोप लगाउँदै पाल्पामा आफुले थुप्रै बिकासका पुर्वाधार खडा गरेको दाबि गरे।

यस्तै माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य, आदिवासी जनजाति नेता तथा प्रतिनिधि सभा २ अन्र्तगत प्रदेशसभा २ का उम्मेदवार तुलाराम घर्ति मगर (बसन्त), त्यस्तैगरि २ का प्रदेश सभा २ का समानुपातिक उम्मेदवार माधव आचार्य, दिलकुमारी योञ्जन, पार्टी एकता संयोजन समिति पाल्पा सदस्यहरू नेत्र प्रसाद पाण्डे, यादव वहादुर रायमाझी, चक्र व्यूह थापा, गिर वहादुर थापा, पार्टी एकता संयोजन समिति क्षेत्र नं. २ का संयोजक तथा पुर्व सांसद कुल प्रसाद नेपाल, पूर्व सांसद नारायणी शर्मा, पार्टी एकता संयोजन समिति क्षेत्रका सदस्यहरू राजेन्द्र विक, रामजी भट्टराई, राम वहादुर राउथ, पुरन केसी, प्रदेश सभा २ का एकता संयोजन समितिका सदस्यहरू नारायण जिसी, सुर्य कार्की, चिरञ्जीवि पोखरेल, झलक रायमाझी, नबिन ओली, कृष्ण भण्डारी, खेममाया थापा, प्रदेश सभा प्रचार–प्रसार संयोजक राम वहादुर गरंजा (एसकुमार), क्षेत्र नं. २ को प्रदेश सभा प्रचार–प्रसार संयोजक मोहन गैरे, रिव्दीकोट गाउँपालिका एकता संयोजन समितिका संयोजक कृष्ण थापा र लिला कार्की, युवा नेता रामजी पोखरेल लगायतका नेता तथा कार्यकर्ता साथमा जनगायक नविन पौडेल अभियानमा निस्कीएका छन ।

यस्तै मंगलबार नै खस्यौली, कुसुमखोला, ख्याहा, देउराली, छहरा, मेहलधाप, जुठापौवा, सत्यवती, बल्ढेङ्गगढी, दोभान, झुम्सा, मस्याम, कचल, पेलावास, डाडागाउँ, अमिले, सिद्धेश्वर, सर्देवा, ख्याहाको जोगिथुम, सोमादी, मुझुङ्ग, फेक, नैटोला लगायतको ठाउँमा बाम गठबन्धनले चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।
यसैवीचमा प्रतिनिधि सभा २ को कार्यलय उदघाटन पनि गरिएको छ ।