पाल्पाको रामपुरमा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पाल्पाको रामपुरमा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग



पाल्पा, पुस २० गते । विजय प्राथमिक विद्यालय रामपुर–१० सर्पराजमा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको मङ्गलबार ४६औँ वार्षिकोत्सव तथा ४७औँ अभिभावक दिवसका अवसरमा जापानी नागरिक काजुमासा काकिमी ओकेबाजे ले विद्यालयमा पुस्तकालय स्थापनाका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

लामो समयदेखि नेपालमा रहेर सामाजिक सेवा गर्दै आउनुभएका जापानी नागरिक ओकेबाजेले यस विद्यालयमा पुस्तकालय स्थापनाका लागि रु एक लाख ३६ हजार नौसय १० सहयोग गर्नुभएको हो ।

सोही अवसरमा ओकेबाजेले कक्षा ४ र ५ का विद्यार्थीलाई पोसाकसहित शैक्षिक सामग्री र अन्य विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गर्नुभएको छ । रासस