मन्त्रिपरिषद्को आकस्मिक बैठकले ग-यो पाँच नियुक्ति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठकले ग-यो पाँच नियुक्ति



काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।

त्यस्तै विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरिएको बताइएको छ ।

हरेक हप्ता सोमबार र बुधवार मन्त्रिपरिषदको बैठक बस्ने नियमित तालिका भए पनि प्रधानमन्त्री ओलीको कार्य-व्यस्तताका कारण आज शुक्रबार बैठक राखिएको बालुवाटार स्रोतले जनाएको छ।