५ नम्वर प्रदेशको मुख्यमन्त्री दावेदार बिष्ट गुल्मी–२ बाट केन्द्रिय सांसदमा सिफारिस - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

५ नम्वर प्रदेशको मुख्यमन्त्री दावेदार बिष्ट गुल्मी–२ बाट केन्द्रिय सांसदमा सिफारिस



गुल्मी, असोज १९ ।

नेकपा एमालेका सचिव एवम सांसद गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिश भएका छन् । एमाले जिल्ला कमिटी गुल्मीले दिएको जानकारी अनुसार पुर्व उर्जामन्त्री समेत रहेका बिष्ट सो क्षेत्रबाट एकल सिफारिसमा परेका हुन् ।

दोस्रो संविधानसभामा अत्यधिक बहुमतले विजयी विष्टलाई ५ नम्वर प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा समेत चर्चा गरिएको छ । लोकप्रिय नेताको छवि बनाएका विष्टले मुख्यमन्त्रीको टिकट पाउने आंकलनका बीच उनको नाम केन्द्रिय संसदका लागि सिफारिस गरिएको छ ।
एमालेको मोर्चा विभाग प्रमुख समेत रहेका नेता विष्टले मुख्यमन्त्री हुने विषयमा औपचारिक धारणा भने सार्वजनिक गरेका छैनन् । ‘म पार्टीले दिने जुनसुकै भुमिकाका लागि तयार छु’ विष्टले भने, ‘पार्टीको आधिकारिक निर्णय आउन दिनोस ।

यता, प्रदेश र प्रतिनिधीसभा चुनावका लागि माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँग तालमेल गरेको एमालेले ५ नम्वर प्रदेशको मुख्य मन्त्रीको टिकट आफैसँग राख्छ या अरु दललाई दिन्छ त्यो हेर्न बाँकी छ ।