पन्चेबाजा गीत “जन्मे हुर्के रायडाडा” सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पन्चेबाजा गीत “जन्मे हुर्के रायडाडा” सार्वजनिक ( भिडियो सहित)



गरिबीको झोला बोकेर बिदेसिनु पर्ने बाध्यता हामी सबैमा छ। जन्म भूमिको माया के हो त्यति बेला मात्र थाहा हुन्छ जतिबेला १५ घण्टा पसिनाले शरीर निथ्रुक्क भिज्छ । हो यिनै कुरालाई समेटेर कामको सिलसिलामा दक्षिण कोरिया पुगेका प्रकाश पौडेल अनि सर्जक तथा मोडल नरेश बोहोराको संयुक्त प्रयासमा आफू जन्मेको ठाउँ लाई समेटिएर बनाइएको पन्चेबाजा गीत “जन्मे हुर्के रायडाडा ” हालै मात्र सर्वजनिक भएको छ ।

चर्चित गायक वसन्त थापा र जुना श्रिषको आवाज ले भरिएको यस गीतमा नरेस बोहोरा को शब्द छ भने गीतको थेगो प्रकाश पौडेल को रहेको छ र वसन्त थापाको लय मा रहेको गीतको निर्देशन प्रेम थापाले गरेका हुन गीतको भिडियो छायाङ्कन करन चैरेसीले गरेका छन् यस्तै सम्पादक नवीन घर्ति मगरको रहेको छ म्युजिक भिडियोमा स्वयम् सर्जक नरेश बोहरा र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । गीतलाई बजार ब्याबस्थापन हमला म्युजिक प्रा.लीले गरेको छ।