पानीमा जहाज र शरिरको टुक्रा देखियो: विमान खसेको आशंका - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पानीमा जहाज र शरिरको टुक्रा देखियो: विमान खसेको आशंका



काठमाडौं- उडेको केहि समयमै गायव भएको विमान दुर्घटना भएको आंकलन गरिएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताबाट उडेको बोइङ ७३७ यात्रुवाहक विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

५० यात्रु बोकेर शनिबार दिउँसो उडेको विमान उडेको केही समयमै ३ हजार मिटरमाथि पुगेपछि सम्पर्कवीहिन भएको थियो ।

श्रीविजया एयरको फ्लाइट संख्या एसजेवाई १८२ विमान सम्पर्क विहिन भएको हो ।

सम्पर्क विहिन भएको करिब ४ घण्टापछि एक पानीजहाज कमाण्डरले जहाज र मानिसको शरिरका टुक्रा भेटिएको बताएका छन् ।

ट्राइसुला तटगार्डका जहाजका कमाण्डर कप्तान इकोसुर्या हाडीले एक स्थानीय टिभीलाई मानिसको शरिरका टुक्रा र जहाजको टुक्रा फेला परेको बताएका छन् । यसबारेमा थप जानकारी आउन बाँकी छ ।

यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा बोइङको विमान दुर्घटनाग्रस्त बनेको थियो। त्यसबेला ७३७ म्याक्स विमान दुर्घटनामा पर्दा उक्त विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो।