विभिन्न स्थानमा भारी वर्षा हुने, यस्तो छ आजको मौसम - Himal Post Himal Post
  • १५ आश्विन २०७९, शनिबार
  •      Sat Oct 1 2022

विभिन्न स्थानमा भारी वर्षा हुने, यस्तो छ आजको मौसम



काठमाडौं- बिहान गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी हुनसक्ने देखिएको छ ।

शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।