पानीजहाज र रेल कुदाएरै छाड्छु :ओली - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पानीजहाज र रेल कुदाएरै छाड्छु :ओली



इलाम, २४ साउन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रशान्त महासागरमा पानीजहाज र रेल कुदाएरै छोड्ने बताएका छन् ।

 

मंगलबार प्रदेश नम्बर १ मा संगठन कमिटिले इलामममा आयोजना गरेको कार्यक्रममा ओलीले मंगोलिया र स्विजरल्यान्ड जस्ता भूपरिवेष्ठित देशले प्रशान्त महासागरमा जहाज कुदाएकाले एमालेले सरकारको नेतृत्व गरेर नेपालले पानी जहाज र रेल कुदाएरै छाडने उद्घोष बताएका छन् ।

उनले नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभएको बताए । उनले भने, ‘अरुसँग स्पष्ट धारणा नभएकाले झुटको सहारा र अलमल्याउने बाहेकको नीतिगत प्रतिस्पर्धा गर्ने क्षमता छैन ।’ नीतिगत प्रतिस्पर्धा गर्न नसकेपछि प्रतिपक्षीले एमालेले ल्याएका एजेन्डाहरुको कुप्रचार गर्दै जनतालाई अलमलमा पार्ने भन्दै निर्वाचित जनप्रतिनिधिलाई संयमित रहन आग्रह गरे ।

२ असोजमा हुने तेस्रो चरणको निर्वाचनमा प्रदेश नं २ मा एमालेले स्पष्ट बहुमत ल्याउने उल्लेख गर्दै ओलीले एमाले जनप्रतिनिधिले मात्र मधेसको साक्षरता दर र महिला हिंसा अन्त्य गरी मुहार फेर्ने बताए ।

२५ गतेसम्म सञ्चालन हुने कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायतले प्रशिक्षण दिँदै छन् । कार्यक्रममा एमालेबाट निर्वाचित प्रदेश नं १ का ३ सय बढी जनप्रतिनिधिहरुको सहभागिता छ ।