पाणिनीमा अच्युत गौतम पराजित, एमालेका टेकराज न्यौपानेले मारे बाजी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पाणिनीमा अच्युत गौतम पराजित, एमालेका टेकराज न्यौपानेले मारे बाजी



काठमाडौं- अर्घाखाँचीको पाणिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेबाट गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपाने विजयी भएका छन् । उनले सात हजार ७४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमदेवार अच्युत गौतमले सात हजार २८ मत पाएका छन् । राप्रपाका उमेदवार फर्सुराम पौडेलले २९ मत ल्याए ।

उपाध्यक्षतर्फ पनि एमालेकी नर्मदा गौतम (पौडेल) विजयी भइन् । उनले सात हजार ६६१ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उमेदवार लक्ष्मी गौतमले सात हजार ३८ मत ल्याइन् । स्वतन्त्र उमेदवार बेदराज घिमिरे १८ मत पाएका छन् ।

वडातर्फ भने कांग्रेसले १, २, ३ र ६ र एमालेले ४, ५, ७ र ८ वडा नम्बर वडा जितेको छ ।