पाणिनिमा शैक्षिक शुल्कवृद्धि गरेको विरोधमा अनेरास्ववियुद्धारा कडा आपत्ति, शुल्कवृद्धि तत्काल फिर्ता लिन अखिलको माग - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पाणिनिमा शैक्षिक शुल्कवृद्धि गरेको विरोधमा अनेरास्ववियुद्धारा कडा आपत्ति, शुल्कवृद्धि तत्काल फिर्ता लिन अखिलको माग



१२, मङ्सिर /अर्घाखाँची

अनेरास्ववियु पाणिनि बहुमखी क्याम्पस कमिटी सन्धिखर्क अर्घाखाँचीले मनपरी शैक्षिक शुल्क वृद्धि गरेको विरोधमा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।

विद्यार्थीहरूको चाहाना विपरीत मासिक शुल्कमा अस्वाभाबिक रूपमा वृद्धि गरिएको भन्दै क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाएको हो । जिल्लाको शैक्षिक धरोहर तथा जिल्लाको विश्वविद्यालयको रूपमा पाणिनि बहुमुखी क्याम्पस परिचित रहँदै आएको भन्दै विद्यार्थीलाई बिस्थापितनै गर्ने गरी शैक्षिक शुल्क वृद्धि गरिएको अनेरास्वबियु क्याम्पस कमिटी सह संयोजक सागर परियारद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

लामो समय देखि जिल्लाको शिक्षा क्षेत्रमा महत्वूर्ण योग्दान पु¥याउँदै आएको यस पाणिनि बहुमुखी क्याम्पस, केवल सन्धिखर्कमा मात्र नभई जिल्लाका विभिन्न कुना काप्चा तथा जिल्ला भन्दा बाहिरका विद्यार्थीहरूले अध्यायन गर्ने शिक्षालयको रूपमा समेत रहँदै आएको छ,
अनेरास्वबियु द्धारा जारी गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

क्याम्पस उच्च, मध्यम र निम्न आर्थिक अवस्था रहेका तथा गरिब, जेहेन्दार विद्यार्थीहरूले पढ्ने क्याम्पसको रूपमा रहेको रहेको भन्दै क्याम्पस प्रशासन जस्तो बौद्धिक जमातबाट सिंङ्गो स्वतन्त्र विद्यार्थी युनियन तथा कुनै पनि विद्यार्थी सङ्गठनलाई जानकारीनै नदिइ तथा सल्लाहनै नलिइ पञ्चेहरुको हुकुमी शैलीमा गरिएको मासिक शुल्क वृद्धि प्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पाणिनि बहुमुखी क्याम्पस कमिटी घोर आपत्ति प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा विद्यार्थीलाई बारम्बार शुल्कबृद्धिका नाममा नअल्झ्याउन तथा दीर्घकालीन समाधानका लागि उपायहरुको खोजी गर्न सिङ्गो क्याम्पस प्रशासन र सञ्चालन समिति समक्ष माग समेत गरिएको छ । अनरास्वबियुले विद्यार्थीहरूलाई बिस्थापित नै गर्ने गरी गरिएको शुल्कबृद्धिको विरोधमा जस्तो सुुकै आन्दोलन र सङ्घर्षमा जान तयार रहेको भन्दै त्यसबाट प्राप्त हुने परिणामको जिम्मेवार स्वयम क्याम्पस प्रशासन नै हुुनुुपर्ने पनि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउने क्रममा अनेरास्वबियुका नेता वसन्त श्रेष्ठ, स्वबियु सदस्य रामचन्द्र श्रेष्ठ लगायतका नेताहरूको सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले क्याम्पसको धरासयी अवस्थालाई विद्यार्थी सङ्गठन र जिल्लाको सबै पक्षले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिनुभएको थियो । क्याम्पसले स्नातकोत्तर र स्नातक तहमा ३ सयका दरले शुल्कबृद्धि गरेको छ ।