कोरियामा नेपालीलाई सेवा गर्दै पन्त दम्पती ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कोरियामा नेपालीलाई सेवा गर्दै पन्त दम्पती !



किङ खनाल/हिमालपोष्ट

भनिन्छ सेवा गर्न पैसा होइन मन चाहिन्छ, यस्तै मन भएका एक नेपालीले दक्षिण कोरियाको छङ्जु स्थित नेपालीहरूको सेवाकै लागि हाम्रो नेपाली घर सञ्चालन गरेका छन्। पाँच वर्ष अगाडि सुरु भएको हाम्रो नेपाली घरले अहिले नेपालीहरूलाई निकै सहज भएको छ ।

चितवनका गणेश पन्त एघार वर्ष अगाडि पढाइको सिलसिलामा कोरिया पुगे त्यहाँ नेपालीहरूले पाएको दुख र कष्ट देखेपछी आफूले सक्ने केही गरौँ भन्ने चाहना जाग्यो अनि हाम्रो नेपाली घर सञ्चालन गरेर सहयोग र सेवा गरिरहेका छन् ।

नेपालीहरू बिदा बस्दा, कम्पनी परिवर्तन गर्दा, बाँस बस्दा तथा भेटघाट गर्न होटेल बसाइ महँगो पर्ने र चर्चको बसाइ झन्झटिलो भएकोले उनले हाम्रो नेपाली घर सुरु गरेका हुन ।

दक्षिण कोरियामा नेपाली युवाहरूको आकर्षण बनिरहेको छ तर आकर्षण सँगै नेपालीहरूले निकै सास्ती भोगिरहेका पनि छन्, पन्त दम्पतीले नेपालीहरूको सेवाको लागिनै भनेर पाँच वर्ष अगाडि सेवा सुरु गरेका हुन ।

कोरियामा कामदारहरुले कम्पनी परिवर्तन गर्दा कैयौँ दिन होटेल बस्नुपर्ने हुन्छ तर होटेल खर्च निकै महँगो हुन्छ, एकै दिन बसेको न्यूनतम ८ देखि १० हजार सम्म नेपाली रुपैयाँ पर्छ । त्यतिमात्र होइन धेरैलाई भाषाको समस्या हुन्छ आफूलाई समस्या पर्दा कानुनी परामर्श लिन सक्दैनन, कसैलाई काम खोज्नु पर्ने हुन्छ तर आफैले खोज्न सक्दैनन, कतिपय बिरामी परेपछी जाने ठाउँ हुँदैन यस्ता यावत समस्याहरूको निराकरण गर्न नै उनले यो सेवा सुरु गरेको कोरिया बसेर फर्केका एक नेपालीले जानकारी दिए ।

अहिले पन्त परिवारसहित कोरिया बस्दै आएका छन् । उनीहरू श्रीमान् श्रीमतीनै बाहिर काम गर्छन् साथमा दुख पाएका, समस्यामा परेका नेपालीहरूलाई पनि सहयोग गर्छन् ।

२ वर्ष कोरिया बसेर बिदामा नेपाल आएका लम्जुङ बासी राजिब सुबेदीले हिमालपोष्ट सँग कुरा गर्दै भने “म काम छोडेर कम्पनी परिवर्तन गर्ने सिलसिलामा हाम्रो नेपाली घरमा पुगेँ त्यहाँ गणेश पन्त दाजुले गरेको सहयोग देखेर दङ्ग परेँ, खासमा यो नेपाली घर मात्र होइन कोरिया भित्र छुट्टै नेपाल निर्माण गरे जस्तो लाग्यो, उहाँहरू प्रति छुट्टै सम्मान मेरो मनमा जाग्यो । नेपालीहरू कति सहयोगी हुन्छन् र कति धेरै सेवाभावका हुन्छन् भन्ने उहाँहरू उदाहरण नै हुनुहुन्छ ।”
कैयौँ बिरामी नेपाली साथीहरूलाई सहयोग गरेको पनि आफ्नै आँखाले देखियो उनले थपे ।

हाम्रो नेपाली घर पन्त दम्पतिले आफ्नै खर्चमा सञ्चालन गरेका छन् । यहाँ सेवा लिन पैसा लाग्दैन तर, सेवा लिएपछी कसै कसैले केही सहयोग पनि गर्ने गरेका छन् । अहिले २० देखि ३० जना नेपालीले सेवा लिइरहेका छन् ।

हिमालपोष्ट टिमले पन्त दम्पतीलाइ सम्पर्क गर्ने प्रयास गरेका छौ, अन्य जानकारी उनीसंगको सम्पर्क पछि ल्याउने छौँ ।