कांग्रेस नेता पौडेल सवार गाडी दुर्घटना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेस नेता पौडेल सवार गाडी दुर्घटना



६ मंसिर, गौशाला । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीको महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डमा दुर्घटना भएको छ ।

बर्दिबासबाट जलेश्वर आउने क्रममा जावखचौकमा नेता पौडेल सवार च६च ७५५५ नंको गाडीको अचानक स्टेरिङ फेल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

बर्दिबासबाट जलेश्वरतिर आउँदै गरेको उक्त गाडी स्टेरिङले काम नगरेर सडक छेउ खेतमा झर्ने अवस्थामा रोकिएको थियो । दुर्घटनामा नेता पौडेललगायत गाडीभित्र बसेका कसैलाई केही नभएको र सबैजना सकुशल रहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

नेता पौडेल महोत्तरी काँग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी हुन जलेश्वर आउँदै थिए । नेता पौडेल अर्को गाडीबाट जलेश्वर पुगिसकेका छन् ।