समयमा काम नै नगर्ने पप्पु कन्स्ट्रक्सनलाई ५ करोड जरिवाना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

समयमा काम नै नगर्ने पप्पु कन्स्ट्रक्सनलाई ५ करोड जरिवाना



काठमाडौं- सधै चर्चा र विवादमा आइरहने पप्पु कन्स्ट्रक्सनलाई ५ करोड जरिवाना गरिएको छ । तीनकुनेको पुल अलपत्र पारेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई ५ करोड जरिवाना गरिएको हो ।

पप्पुलाई काठमाडौं उपत्यका सडक विस्तार आयोजना, बानेश्वरले ५ करोड जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । बुधबार एक सूचना निकाल्दै आयोजनाले पप्पु कन्स्ट्रक्सनका आधिकारिक व्यक्तिलाई सात दिनभित्र कार्यालयमा सम्पर्क राख्न भनेको छ ।

यसअघि विभिन्न मितिमा हुलाकमार्फत पत्राचार गरिएको र सो पत्र ठेगाना फेला नपरेको भन्दै फिर्ता आउने गरेको सूचनामा उल्लेख छ । आयोजना र कम्पनीका बीचमा डिजाइन एन्ड बिल्ड प्रक्रियाबाट नेटवर्क आर्क ब्रिज निर्माण गर्न २०७१ पुस ४ मा सम्झौता भएको थियो।

कम्पनीले करार दायित्व पूरा गर्न नसकेकाले २०७६ मंसिर ३ गते ठेक्का रद्द भएको थियो ।

पप्पुले गरेको काममा एउटा पाइल सहितको संरचना काम लाग्ने देखिएको आयोजनाले जनाएको छ। जसबापत करिब ६ करोड भुक्तानी पाएको छ। काम लाग्ने संरचना स्वीकार गरेर बाँकी निर्माणका लागि ठेक्का आह्‍वान भइसकेको छ। अहिले उक्त ठेक्का मूल्यांकनको चरणमा छ।

खण्डन प्रकाशन गरिएको

हिमालपोस्टद्वारा मिति २०७८/०६/०६मा प्रकाशित यस समाचारका विषयमा पप्पु कन्स्ट्रक्सनको तर्फबाट गरिएको पठाईएको खण्डन र प्रेस काउन्सिलसँग भएको सहमति अनुसार खण्डन प्रकाशन गरिएको छ ।
-सम्पादक