बढुवामा आयोगको प्रतिनिधित्वप्रति प्रहरीको विरोध - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बढुवामा आयोगको प्रतिनिधित्वप्रति प्रहरीको विरोध



हिमाल पोष्ट  १० मंसिर, काठमाडौं । बढुवाको निर्णय प्रक्रियामा लोकसेवा आयोगको प्रतिनिधित्व हुने प्रस्तावित प्रावधानप्रति प्रहरीले असहमति जनाएको छ । बढुवा तथा विभागीय कारबाहीमा समेत आयोगले भूमिका खोजेपछि संविधानविपरीत भन्दै प्रहरीले विरोध गरेको हो ।

आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमा नेपाल प्रहरीले लिखित रूपमै असहमति जनाएको छ ।

प्रहरीले गृह मन्त्रालयमार्फत पठाएको लिखित रायमा नयाँ प्रावधानले प्रहरीको चेन अफ कमान्डमै असर पर्ने उल्लेख छ । नेपाली सेनाले पनि आयोगको प्रस्तावित विधेयकप्रति असहमति जनाएको छ । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग भने यसबारे केही नबोलेको आजको नयाँ पत्रिकामा समाचार छ ।

आयोगका अध्यक्ष उमेश मैनालीले भने विधेयकप्रति सुरक्षा निकायले विरोध जनाउँदा दुःख लागेको बताए । यसअघि नै आयोगले सम्बन्धित पक्षसँग छलफल गरेर विधेयक अघि बढाएको उनको भनाइ छ ।