पारसको विश्व किर्तिमान: अन्तर्राष्ट्रिय मिडियाले भने, विश्वका स्टार खेलाडी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पारसको विश्व किर्तिमान: अन्तर्राष्ट्रिय मिडियाले भने, विश्वका स्टार खेलाडी



काठमाडौं- पारस खड्काले विश्व किर्तिमान बनाएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले कप्तान खड्कालाई विश्वका स्टार खेलाडीहरुसँग तुलना गरेका छन् ।

कप्तान खड्का टी–२० मा रन चेजका क्रममा शतक प्रहार गर्ने पहिलो कप्तान बनेका छन् । कप्तान खड्काले ५२ बलमा अविजित रहँदै १०६ रन बनाएका थिए । ओपनिङ ब्याट्सम्यानका रुपमा मैदान छिरेका कप्तान खड्काले ९ छक्का र ७ चौका प्रहार गरेका थिए ।

खड्का ४९ बलमै शतक प्रहार गरेका थिए । यो शतकमा पारसले सवैभन्दा छिटो शतक बनाउने एसियाका चौंथो ब्याट्सम्यानको कीर्तिमान बनाए ।

कप्तान खड्काले बनाएको विश्व कीर्तिमानी शतकको आईसीसीदेखि ठूला मिडियाहरुले खुलेर प्रशंसा गरेका छन् ।

लक्ष्य पक्ष्याउने क्रममा सतक प्रहार गर्ने पारस पहिलो कप्तान पनि बनेका छन ।

टी–२० ट्वान्टीमा कप्तानका रुपमा उच्च स्कोर बनाउनेमा यसअघि नेदरल्याण्डका पिटर सिलार थिए । उनले ९६ रन बनाएका थिए भने इंल्याण्डका स्मिथ स्टेभेनले ९० रन बनाएका थिए । वेष्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले ८८ रन बनाएका थिए । भारतका कप्तान विराट कोहलीले रन चेज गर्दा ८२ रन बनाएका छन् ।

नेपालका लागि भने पारसले एकपछि अर्को रेकर्ड बनाएका छन् । टी–२० मा शतक गर्ने पारस पहिलो ब्याट्सम्यान हुन् ।