पारस शाहका हर्कत, ...देख्नेलाई लाज - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पारस शाहका हर्कत, …देख्नेलाई लाज



काठमाडौं- पूर्व यूवराज पारस शाह फेरी बिबादमा तानिएका छन् । पछिल्लो समय पोखरामा रहेका पारस साहका विभिन्न हर्कतहरू सार्वजनिक भएका छन् ।

उपचारपछि सुध्रिएको अनुमान गरिएका पारस शाह केहि समय यता एक पछी अर्को गर्दै झन् झन् विवादमा तानिएका छन् ।

आफ्नी श्रीमती हिमानी शाहसंग लामो समयदेखि सम्बन्ध राम्रो नभएका पारस स्त्रीलम्पट हुन् भन्ने धेरै उदाहरण छन् । केहि समय अगाडी एक थाई युवतीसंग सम्बन्धमा रहेका उनि अहिले भने युट्युबमा अश्लिल हर्कत गरेका भिडियो बनाउने सोनीका रोकायासंग नजिकिएका छन् ।

पारस शाह र छाडा युट्युवर सोनिका रोकायाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अहिले टिकटकमा निकै धेरै भिडियोमा यी दुई देखिएका छन् ।

पारस केहि समय अगाडी विमानस्थलमा शुरक्षाकर्मी माथि हातपात गर्दै गरेको अवस्थामा देखिएका थिए भने त्यसपछि बसन्तपुरमा नशा सेवन गरि हल्लिएको अवस्थामा भेटिएका थिए ।

अश्लील संवादका भिडियो बनाएर चर्चामा आएकी सोनिका पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् । केही समय अघि पनि पारस शाहसँग भएको उनको टिकटक भिडियो सार्वजनिक भएको थियो ।

सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।