बांग्लादेश विरुद्ध पारसको कमाल: दुई ओभरमा ३ विकेट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बांग्लादेश विरुद्ध पारसको कमाल: दुई ओभरमा ३ विकेट



काठमाडौं- तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा पूर्व कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरेका छन् ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि पूर्व कप्तान खड्काले दुई ओभरमा ३ विकेट लिदै ६ रन दिएका छन् ।

तेस्रो ओभरमा बलिङ गर्न आएका खड्काले एक विकेट लिदै दुई रन मात्रै दिएका थिए ।

चौथौं ओभरमा आएका खड्काले थप दुई विकेट लिदै चार रन खर्चिए ।

खड्काले मोहम्मद नाइम र हसनलाई बोल्ड गरेका थिए भने सौम्य सरकारलाई करण केसीको हातबाट क्याच गराएका थिए ।

पारसले तेस्राे ओभरमा एक रन मात्रै दिएका छन् । ६ ओभर सकिदा बांग्लादेशले तीन विकेट गुमाएर २८ रन जाेडेकाे छ ।