पारसको किर्तिमान: नेपालको शानदार जित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पारसको किर्तिमान: नेपालको शानदार जित



काठमाडौं । कप्तान पारस खड्काको उत्कृष्ट शतकसँगै नेपालले सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा घरेलु टोलीमाथि ९ विकेटको शानदार जित निकालेको छ ।

सिरिज अन्तगर्त शनिबार भएको दोस्रो खेलमा कप्तान खड्का र आरिफ शेखको उतकृष्ट साझेदारीसँगै नेपालले सिंगापुरमाथि ९ विकेटको शानदार जित निकालेको हो ।

दोस्रो विकेटका लागि आरिफ शेखसँग १४५ रनको शाझेदारी गरेका उनले मात्र ४९ बलमा शतक पुरा गरेका थिए । उनले सिंगापुरका कप्तान टिम डेभिडको बलमा छक्का हान्दै शतक पुरा गरे । टी-२० आईमा उनको यो पहिलो शतक हो ।

इन्डियन एसोसियसन मैदानमा कप्तान खड्काले १ सय ६ रन बनाए । ५२ बलको सामना गरेका कप्तान पारसले ७ चौका र ९ छक्काको मदतमा १ सय ६ रन बनाए । टि–ट्वान्टी क्रिकेटमा आजसम्मकै उत्कृष्ट साझेदारी गर्न मद्दत गरेका आरिफ शेख ३९ रनमा अविजित रहे ।

आरिफले ३८ बलमा ५ चौका प्रहार गरे । इशान पाण्डे ५ रनमा पबेलियन फर्किएपछि नेपालको इनिङ्‍स पारस र आरीफले सम्हालेका हुन् । उनीहरुबीच आजसम्मकै १ सय ४५ रनको साझेदारी भएको छ । जितसँगै नेपालले सिंगापुरविरुद्ध विश्वकप छनोटमा हारेका बदला पनि लिएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । सिंगापुरका लागि टिम डेभिडले अर्धशतकीय पारी खेलेका थिए। ४४ बल खेलेका उनले ३ चौका र ४ छक्काको सहयोगमा ६४ रन बनाए । सुरेन्दन चन्द्रमोहनले ३५ रनको योगदान गरे ।

सिंगापुरका लागि जनक प्रकाशले २५ रन जोड्दा मनप्रित सिंहले १५ रन बनाउन सफल भएका थिए । बलिङतर्फ नेपालका लागि करण केसीले दुई विकेट लिए । त्यस्तै नेपालका लागि आजको खेलमा टि–ट्वान्टी क्रिकेटमा डेब्यू गरेका सुशन भारीले एक विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो ।