मदिरा सेवन गरेर पारस शाहले सडकमै रमिता देखाएपछि... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मदिरा सेवन गरेर पारस शाहले सडकमै रमिता देखाएपछि…



काठमाडौं- शुक्रबार साँझपख मदिराले लठ्ठीएका पूर्व युवराज पारस शाह बिना हेल्मेट मोटर साइकल चलाइरहेका थिए । महाराजगञ्जमा प्रहरी चेकिङ भैरहेकोले प्रहरीले उनलाई रोके ।

प्रहरीले रोकेपछि पारसले सडकमै रमिता देखाए । मदिरा सेवन गरेर बिना हेल्मेट मोटरसाइकल चलाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । पारस र प्रहरीवीच लछारपछार नै भएको भिडियोमा देख्न सकिन्छ ।

शुक्रबार साँझ काठमाडौंको चक्रपथ क्षेत्रमा प्रहरी र पारसबीच भनाभन हो । मदिरा सेवन गरेका पारसले हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि प्रहरीले केही बेर नियन्त्रणमा लिएको थियो।

प्रहरीको चेकिङमा पूर्वयुवराज पारस परेको र उनलाई सम्झाएर छोडिएको प्रहरीले बताएको छ।

‘उहाँ प्रहरीको चेकिङमा पर्नुभएको हो। उहाँले हेल्मेट लगाउनु भएको छैन। त्यही क्रममा मोटरसाइकल साइड लगाउन खोजेका बेला भएको दृश्य हो त्यो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने, ‘उहाँलाई सम्झाएर छाडिएको हो।’