पारस खड्काको नयाँ किर्तिमान - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

पारस खड्काको नयाँ किर्तिमान



काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नयाँ किर्तिमान बनाएका छन् । पारस खड्काले सिंगापुरविरुद्ध शतक प्रहार गर्दै नयाँ इतिहास रचेका छन् ।

सिंगापुरविरुद्ध ४९ बलमा शतक प्रहार गर्दै नेपालबाट टी–२० आईमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका हुन् । पारसले १५ ओभरको अन्तिम बलमा टिम डेभिडलाई छक्का प्रहर गर्दै शतक पूरा गरेका हुन् । ४९ बलमा ६ चौका र ९ छक्कासहित १ सय १ रन बनाएका पारस ५२ बलमा १०६ रनमा अविजित रहे ।

कप्तान पारस खड्काको कीर्तिमानी शतकमा नेपालले त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो

त्यस्तै, आरिफ शेख ३८ बलमा ५ चौकासहित ३९ रनमा अविजित रहे । कप्तान पारस र आरिफले तेस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय अविजित साझेदारी गर्दै जित निकाले । टी–२० आईमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो । ओपनर इसान पाण्डे ५ रनमा आउट भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।

सिंगापुरका लागि कप्तान टिम डेभिड ६४ रनमा अविजित रहे । जनक प्रकाश २५ रनमा अविजित रहे ओपनर रोहन रंगराजन ६ रनमा क्याच आउट गराए । सुरेन्द्र चन्द्रमोहन ३५ रनमा बोल्ड आउट भए । मनप्रित सिंह १५ रनमा एलवी डब्लूको सिकार बने । करण केसीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । टी–२० मा डेब्यू गरेका सुसन भारीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।