पारससहित १० नेपाली क्रिकेटर अन्तराष्ट्रिय लिगमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पारससहित १० नेपाली क्रिकेटर अन्तराष्ट्रिय लिगमा



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित १० नेपाली क्रिकेट खेलाडीले अन्तराष्ट्रिय लिगमा अवसर पाउने सम्भावना देखिएको छ ।

पारससहित १० खेलाडीको नाम पाकिस्तानी सुपर लिग (पीएसएल) २०२१ को ड्राफ्टमा पर्न सफल भएपछि अन्तराष्ट्रिय लिगमा खेल्ने सम्भावना बढेको हो ।

शनिबार पाकिस्तानी क्रिकेट बोर्डले निकालेको ड्राफ्ट अनुसार कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उप–कप्तान दिपेन्द्र सिह ऐरी, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख रहेका छन् । ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने प्लेनिट क्याटेगोरीमा छन् । त्यस्तै अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीमा परेका छन् ।