ज्यान मार्ने मुद्दा लागेका गुरुङलाई ओलीले दिए मन्त्री पद उपहार - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ज्यान मार्ने मुद्दा लागेका गुरुङलाई ओलीले दिए मन्त्री पद उपहार



काठमाडौं- ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका दोलखाबाट निर्वाचित सांसद पार्वत गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका छन् । गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाएर ओलीले गुरुङलाई मन्त्री बनाएका हुन् । दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने मुद्दा दर्ता भए लगत्तै उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका गुरुङले गत निर्वाचनमा सबै भन्दा बढी मतान्तरले प्रतिद्वन्दीलाई जितेका थिए ।

उनलाई काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले प्राप्त प्रमाणले गुरुङलाई थुनामा राख्न अनि धरौटी माग्न जरुरी नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

२०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो । त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।