बरिष्ठ प्राबिधिकको निधन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बरिष्ठ प्राबिधिकको निधन



हिमाल पोष्ट/बुटवल ,
समयको खेल भनौ या भाग्यको लेखान्त रुपन्देहीका सबैजसो संचारमाध्यमको स्थापनाकालमा प्रबिधिक्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएका बुटवलका एक बरिष्ठ प्राबिधिक सुबर्णमान शाक्यको निधन भएको छ ।

उहाको आज दिउसो करिब ३ बजे बुटवल ५ गोलपार्क स्थित आफ्नै निबास स्थितमा निधन भएको हो ।

बि.स २०२२ सालमा गुल्मीको वामिटक्सारमा जन्मिएका शाक्यको ५१ बर्षको उमेरमा निधन भएको हो ।

उहाका १ मात्र छोरा र १ श्रीमती रहेका छन् ।

उहाको भोली बुटवलको तिनाउघाटमा अन्तिम संस्कार गरिने कान्छाभाइ बिरेन्द्रमान शाक्यले नागरिक आवाजलाइ जानकारी दिए ।

शाक्य २०६५ सालदेखि निरन्तर  बुटवलको बुद्ध सामुदायिक टेलिभिजनमा २०७३ तिज सम्म कार्यरत हुनुहुन्थ्यो ।

शाक्यलाइ सुगर र बाथको समस्या रहेको थियो ।