सरकारको चाबी माओवादि संग छ ः प्रचण्ड - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सरकारको चाबी माओवादि संग छ ः प्रचण्ड



चन्द्रौटा ५ असोज,नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारको चाबी माओवादि संघ सग रहेको वताएका छन् ।

माओवादि केन्द्रको लामो समय सम्मको सर्घषले सविधान जारी गरि कार्यनव्यान को अवस्थामा ठुलो कसरत माओवादिले नै गरेको धारण व्यक्त गरे । आज बिहिवार कपिलवस्तुको कृष्णनगरमा आयोजित विशाल जनसभा तथा पार्टि प्रवेश कार्यक्रम लाई सम्वोधन गर्दै प्रचण्डले महिला दलित मजदुरहरु लाई नेता वनाई सिहदरवारको अधिकार गाउ गाउमा पुर्याएको र यसको एजेन्डा माओबादी केन्द्रको रहेको बताएका छन् ।

भरखरै सम्पन्न तिनै चरण चुनावलाई विथुल्न केहि शक्ति लागि परेको भएपनि त्यो सफल नभई शान्तिपुर्ण तरिकाले चुनाव सम्पन्न भएको दावि गरेका छन् । राष्ट्रिय एकताको हितमा माओवादि केन्द्र ईमान्दारिता रुपमा रहेको भएपनि केहि ब्यतिहरु त्यस विपरित काम गरिरहेको आरोप लगाएका छन् ।

पुर्व प्रधानमन्त्रि समेत रहेका प्रचण्डले पाहाडका भन्दा मधेशका जनताहरु मतदान गर्न आतुर रहेको देखिएको वताए । प्रदेश न २ मा सम्पन्न चुनावमा अन्य प्रदेश भन्दा उल्लेखनिय सहभागित रहेको वताए ।आउदै गरेको प्रदेश र केन्द्रिय चुनावमा माओवादि केन्द्रलाई जिताउन सकेमा आर्थिक विकाश र समृद्ध नेपाल वन्न कसैले रोक्न नसक्ने धारणा राखेका थिए ।

सभामा वोल्दै प्रचण्डले छिमेकी राष्ट्र भारत चिन सगंको सवन्ध  सुमधुर रहेको हुदा हुलाकी मार्ग,रेल मार्ग र नौमुरे परियोजनालाई कार्यानव्यन गर्ने बताउदै अब कपिलवस्तुलाई कृर्षिमा आत्मनिर्भर वनाउने विषयमा गृहकार्य भइरहेको वताए ।

कपिलवस्तुको कृष्णनगर वजारलाई स्मार्ट सिटी वनाउने विषयमा शहरी विकाश मन्त्रि सग छलफल गर्ने वताए ।सभाकै अवशरमा नेपालि काग्रेस,एमाले,राप्रपा लगाएत मधेशि दल परित्याग गरेका करिव १५ सय जनालाई प्रचण्डले अविर र माला लगाई माओवादि केन्द्रमा प्रवेश गरेका छन । कार्यक्रममा नेकपा माओवादि केन्द्रका नेता मातृका यादव,चक्रापाणि खनाल वलदेव लगाएतले सम्वोधन गरेका थिए ।