प्रचण्डलाई भारत भ्रमणको निम्तो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डलाई भारत भ्रमणको निम्तो



४ भदौ, काठमाडौं । भारतले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता संगै प्रचण्डलाई  भारत भ्रमणको निम्तो दिएको स्रोतले जनाएको छ  ।

प्रधानमन्त्री प्रचण्डका विशेष दूत उपप्रधानमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । आफ्नै निवास सेभन रेस कोर्समा भएको भेटमा मोदीले प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई सहयोग गर्ने बचन दिएका छन् ।

‘प्रधानमन्त्रीले भारत सरकार र भूकम्पपछिको पुनर्निर्माणमा नेपाली जनतालाई सहयोग गर्न प्रतिवद्ध छ भन्नु भएको छ’प्रधानमन्त्रीको कार्यालयले भनेको छ ।

अघिल्लो वर्ष वैशाखमा भएको विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा सहयोग गर्ने ठूलो दाता हो भारत । र, प्रचण्ड सरकारले भूकम्प प्रभावित परिवारलाई थप एक लाख अनुदान दिन चाहेको भन्दै यसमा भारतीय सहयोग चाहेको छ ।

विशेष दूत निधिको भ्रमणका क्रममा भारतीय पक्षले यसमा सकारात्मक जवाफ दिएका छन् ।

प्रचण्ड भारत भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीले नेपालका विशेष दूतमार्फत प्रधानमन्त्री प्रचण्डलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रचण्ड प्रधानमन्त्री भए लगतै टेलिफोनमार्फत बधाई दिएका उनले त्यसबेला पनि भ्रमणको निम्तो दिएका थिए ।

अब प्रधानमन्त्री प्रचण्डले भदौ अन्तिममा भारतको भ्रमण गर्ने तयारी भइरहेको छ ।