प्रचण्ड जी जनताको अपमान किन ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रचण्ड जी जनताको अपमान किन ?



योगेन्द्र गौतम
प्रधानमन्त्री प्रचण्ड जी बाट वर्तमानमा राष्ट्रका नाममा गरिएको सम्बोधनले तीन करोड नेपाली जनताको अपमान भएको छ । बिना हैसियतका नेपाली नागरिकले समाजिक सञ्जालमा मेरो विरोध गर्नु गलत हो भन्दैछन प्रधानमन्त्री प्रचण्ड । प्रचण्ड्जी तपाईँको हैसियत के हो के तपाईँ आम नेपाली नागरिक जस्तै नेपालको नागरिक होइन र । निकै लोकतन्त्रको कुरा गर्नु हुन्छ काहा छ तपाईँमा लोकतन्त्र । आफूले गरेका नकारात्मक कार्यको जनताबाट भएको विरोध आवाजलाई दबाउनु यही हो तपाईँको लोकतन्त्र ।

जनताले देशमा नेतृत्वको कमी कमजोरीका विरुद्ध आवाज उठाउन पर्छ भन्ने लोकतन्त्रमा मान्यता रहन्छ । सरकार नेतृत्वका कामकारबाहीमा सकारात्मक नरहेको खण्डमा विरोध गर्न पाउने जन मौलिक अधिकार पनि हो ।
जनता देशका नागरिक मात्र होइन मालिक पनि हुन । लोकतान्त्रिक पद्धतिमा जनता ले चुनेको प्रतिनिधिबाट देशको शासन गर्ने परिपाटी हुन्छ । विश्व राजनीतिक दर्शनले पनि यही भन्छ । कुनै पनि देशको शासकले त्यो देशमा रहनी जनताहरुको विकास र मौलिक अधिकारको लागि काम गरेको हुन्छ । जनताबाट जन प्रतिनिधिको छनोट र जन प्रतिनिधिबाट जनताको सरकार नै लोकतान्त्रिक सरकार कहलिन्छ । प्रधानमन्त्री प्रचण्डजीले वर्तमान जनता माथि अपमानित भाषा बोली जन मौलिक अधिकारको हत्या गरेका छन् ।

प्रचण्डजी अहिले ने क पा माओवादी केन्द्र बाट नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री छन् । काँग्रेस सभापति शेर ,बाहादुर देउवाले पार्टीमा छल्फलै नगरी एकल निर्णयबाट प्रचण्डलाई प्रधानमन्त्रीमा स्विकार्नु पनि गलत थियो । आफ्नो पार्टी भित्र विरोध हुदाहुदै पनि किन र कसरी प्रचण्ड लाई प्रधानमन्त्री बनाउन शेर बाहादुर जी सञ्चालित भए आम कार्यकर्ताको काँग्रेस नेतृत्व माथि प्रशन पनि हो ।

मओबादी को जन्म जङलबाट भएको हो । उनीहरूलाई घर भन्ने कस्तो हुन्छ त्यो त २०६२ सालमा लोकनायक स्वर्गीय गिरिजा बाबुले १२ बुदे समझदारी बाट देखाउनु भएको हो । माओवादी ले जनयुद्ध गरेका पनि होइनन उनीहरूले विदेशीको गोलीबाट १५ हजार नेपाली जनताको खुनमा होली खेलेर रक्तयुद्ध गरेका हुन जुन मानवीय नीति भन्दा फरक छ ।

माओवादीलाई कसरी लोकतन्त्रबादी भन्ने यिनी हरू लोकतन्त्र बादी हुँदै होइनन यिनीहरू अराजकता बादी हुन । यिनिहरुमा सद्भाव छैन एकता छैन शान्ति छैन देश को लागि विकास का नयाँ योजना छैन समाजमा नैतिक जिम्मेवारी छैन यिनीहरू राजनीतिक नपुंसक जस्तै भैसकेका छन् ।