जुवाडे र छेपारेको संज्ञा दिदै प्रचण्ड माथि खगेन्द्रको आक्रोश - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जुवाडे र छेपारेको संज्ञा दिदै प्रचण्ड माथि खगेन्द्रको आक्रोश



काठमाडौं, १३ साउन ।

कुनै बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भक्त बनेका चर्चित लेखक एवं नागरिक अगुवा खगेन्द्र संग्रौलाले यतिबेला उनीसँग चर्को आक्रोश पोखेका छन् ।

प्रचण्डसँगको असन्तुष्टिलाई उनले सामाजिक सञ्जालसम्मै ल्याएका छन् । प्रचण्डलाई जुवाडे र छेपारेको संज्ञा दिँदै उनले सावधान हुन आग्रह समेत गरेका छन् ।

संग्रौलाले लेखेका छन् – ‘कागेमा फेरि प्रधानमन्त्रीको दाउ लागिहाल्छ कि भन्दै जुवाडे प्रचण्डले हिजो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा नै बेचेर जुवा खेल्न संसदीय जुवाघरमा पलेटी कसेर बसे । आज फेरि त्यहि मुद्दा उठाउने रे । हगिसकेपछि दैलो देख्नु कुनै अर्थ छैन । छेपारोदेखि सावधान ।’

संग्रौलाको यो टिप्पणीले माओवादी वृत्तमा निकै चर्चा पाएको छ ।