प्रदेश स्तरिय गौरिगङ्गा कप फुटबल प्रतियोगिता आयोजना हुँदै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रदेश स्तरिय गौरिगङ्गा कप फुटबल प्रतियोगिता आयोजना हुँदै



हिमाल पोस्ट
सुखड, कैलाली ।
कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

गौरिगङ्गा नगरपालिकामा फुटबलको वृद्धि बिकास साथै मध्य क्षेत्रलाई प्रदेश नं  ७ मा खेलकुदको क्षेत्रको रुपमा चिनाउने उदेश्यका लागि गौरिगङ्गा ११ स्पोर्ट्स क्लब गौरिगङगा नगरपालिकाको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

“हाम्रो गोल लागू औषधि विरुद्धको गोल” भन्ने नारा सहित आयोजना हुन गइरहेको प्रतियोगिता यहि चैत्र २६ गते देखि गौरिगङ्गानगरपालिका ८ स्थित बढैपुरमा सन्चालन हुने सोमबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद रु २ लाख
दृतियलाई रु १ लाख , उत्कृष्ट तर्फ उत्कृष्ट खेलाडिलाइ नगद  रु २५ हजार ,सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक,उत्कृष्ट मिड फिल्डरलाइ नगद ७ हजार, म्यान अफ द म्याचलाइ नगद रु २ हजार पुरस्कार  प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल महासंघका  केन्द्रिय सदस्य दिपेन्द्र गिरिले ‘ खेलकै माध्यमबाट बढैपुरमा रहेको खेल मैदानलाइ रंगशाला  बनाउने उदेश्य रहेको बताउनु भयो ।’

” सबैभन्दा उत्पिडनमा परेको ठाउँ सुदुरपश्चिम हो, गाउबाट खेलाडी अघि बढेको देखिदैन , किन अगाडि आउदैनन भन्ने कुरालाइ यो प्रतियोगिताले चिर्ने गिरिले बताउनु भयो । साथै गिरिले खेल क्षेत्र नराम्रो छैन ,कुनै पनि देशलाइ जित्न सक्ने भनेको खेलको माध्यमबाट हो , खेलको उर्जालाइ हामिले बाहिर निकाल्ने प्रयास गरेका छौ यसमा राज्यले पनि सहयोग गर्नुपर्ने बताउनु भयो ।

प्रतियोगितामा १६ ओटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।