प्रदेश टुक्रयाउन लागिएकामा असन्तुष्टि - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रदेश टुक्रयाउन लागिएकामा असन्तुष्टि



हिमाल पोष्ट / बुटवल, ९ मङ्सिर । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माणमा जस्तै यसको कार्यान्वयनमा पनि प्रमुख तीन ठूला दल एक जुट हुनुपर्ने बताउनुभएको छ ।

रुपन्देहीको ऐतिहासिक नगर सैनामैनामा आजदेखि आयोजित प्रथम सैनामैना महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन सबैखाले समस्या समाधान गर्न तीन ठूला दलसहित सबै मिले मात्र सम्भव छ ।”

नेकपा(एमाले) संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो, “सहमतिबाट गरिएको काममा किन बिखण्डनको कुरा हुन्छ ? प्रदेश टुक्र्याउने विषयमा रहेको असन्तुष्टिलाई शीर्ष नेतासँग जस्ताको तस्तै सुनाउनेछु ।”
कार्यक्रममा सांसद चन्द्र भण्डारीले प्रदेश नं ५ लाई टुक्र्याउने कार्य
स्वीकार्य नहुने र त्यसो भएमा विरोधमा उत्रिने चेतावनी दिनुभयो । एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले सहमतिका आधारमा गरिएका निर्णय विपरीत गतिविधि हुनु आपत्तिजनक रहेको बताउनुभयो ।

आयोजक सैनामैना व्यापार सङ्घका अध्यक्ष दुर्गा गौतमले सैनामैनाको पहिचान राष्ट्रियस्तरमा कायम गर्नका लागि महोत्सव सार्थक रहने विश्वास व्यक्त गर्नुभयो । रासस