वास्तविक तीजको मर्म समेटिएको गीतको कोसेली “परदेशी दिदी ” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वास्तविक तीजको मर्म समेटिएको गीतको कोसेली “परदेशी दिदी ” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

हिन्दु नारीहरू को महान् पर्व हरितालिका तीज नजिकिदै छ चेलिबेटी आमा फूपू सबै जना जम्मा भएर मिठा परिकार खादै नाच्दै गाउदै रमाइलो गरेर मनाउने तिज एक साङ्गीतिक पर्व भएको कारण पनि धेरै कलाकार हरुले यसै पर्वलाई लक्षित गरी विभिन्न तिज कोशेली हरू सार्वजनिक गर्ने क्रम बढिरहेको छ यसै क्रममा नभ सर्जक निर्मला कुमालले पनि आफ्नो शब्द सिर्जनामा पहिलो तिज कोशेली परदेशी दिदी भर्खरै मात्र सार्वजनिक गरेकी छ्न्। प्रेम सापकोटा सोनु र रितु थापाले स्वरबद्द गरेको यस् गीतमा प्रेम सापकोटाले नै लय भरेका छ्न ।

मन्जुश्री फिल्म्स को ब्यानरमा कुमार के.सीले निर्देशन गरेको परदेशी दिदी को म्युजिक भिडियो अजय रेग्मी ले खिचेका हुन भने अनुप सिवाकोटी को सम्पादन मा तयार भएको हो ।

उज्यालो म्युजिक प्राली ले बजार व्यवस्थापन गरेको यस गीतको म्युजिक भिडियो मा पछिल्लो समय का चर्चित अनि व्यस्त गायक तथा मोडल प्रकाश सपूत र हिरा गुरुङको उत्कृष्ट अभिनय देख्न पाइन्छ । आफ्नो घरपरिवार आफन्त माइती सबैलाई छोडेर परदेश पसेकी चेलिलाइ तिजको बेला माइती को कति याद हुन्छ भन्ने निकै उत्कृष्ट विषय बस्तु लाई समेटेर लेखियको यस गीतमा वास्तविक तिज को मर्म भेटिन्छ ।

https://youtu.be/PFV3oPJ17Qc