५ नम्बर प्रदेशको प्रादेशीक राजधानी दाङ बनाउन लागि परेको छु :महारा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

५ नम्बर प्रदेशको प्रादेशीक राजधानी दाङ बनाउन लागि परेको छु :महारा



काठमाडौं,कात्तिक ११ 

उपप्रधानमन्त्री कृष्ण बहादुर महराले ५ नम्बर प्रदेशको प्रादेशीक राजधानी दाङ हुने विषयमा ९५ प्रतिशत सम्भावना भइसकेको बताएका छन् । दाङ–काठमाडौं संघीय जनसम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेद्वारी दिएका महरा र प्रदेशसभाका उम्मेद्वार शंकर पोखरेलले ५ नम्बर प्रदेशको प्रदेशिक राजधानी दाङ बनाउन लागिपरेको महराले बताए । उनले भने, ‘माथिबाट म पहल गर्छु र प्रदेशिक तहमा शंकर जी लाग्नु हुन्छ । यसो गर्दा प्रदेशिक राजधानी दाङ हुन कसैले रोक्दैन ।