निर्वाचनः चुनाव जित्न ‘उता’ कै भर ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

निर्वाचनः चुनाव जित्न ‘उता’ कै भर !



काठमाडौं

५ दशकअघिसम्म दोधारा–चाँदनी जंगलै जंगलले घेरिएको उराठलाग्दो ठाउँ थियो । एक्लै–दुक्लै हिँडन मुस्किल हुन्थ्यो । यस्तोमा भारत हँुदै ७५ वर्षीय गोपालसिंह गुरुङको परिवार यहाँ आइपुग्यो ।

पुख्र्याैली थलो सुर्खेत भए पनि भारत गएर अनेक हन्डर झेलेपछि यो परिवार एउटा संयोगमा यता आइपुग्यो । बिस्तारै यतै जम्यो–रम्यो । ‘कहाँबाट कसरी त्यो बेला यो बिरानो ठाउँमा आइयो, अहिले सम्भिँmदा अचम्म लाग्छ,’ बाआमासहित २३ वर्षको उमेरमा यहाँ पुगेका गुरुङले भने,

‘अहिले र उहिलेको दोधारा आकाश र धर्तीजस्तो छ । जंगल फाँडेर बसेको बस्ती गुल्जार मात्र बनेको छैन, ठाउँठाउँमा बाटो–घाटो र विद्यालय खुलेका छन् । चुनावमा पनि यतैका मतदाता निर्णायक बन्न थालिसके ।’

चित्रांग थापा र भवानी भट्टले आजको कान्तिपुर यो खबर लेखेका छन्,  जिल्लाको क्षेत्र ३ अन्तर्गत पर्छ, महाकालीपारिको दोधारा–चाँदनी । सुविधा थपिँदै गए । आवादी बढ्यो । हरेक चुनावमा उम्मेदवार दलबलसहित यहाँ पुग्छन् । निर्णायक ठाउँ भएकाले मतदातालाई अनेक आश्वासन दिन्छन् ।

तर, जितेपछि फेरि नफर्किने गरेको स्थानीयको गुनासो छ । महाकाली र जोगबुडा नदीमा पक्की तटबन्ध निर्माण गरिनुपर्ने माग दोहोर्‍याउँदै आएका छन् । ‘पक्की तटबन्ध निर्माणपछि यहाँका बासिन्दा वर्षायाममा ढुक्कसँग निदाउन सक्थे,’ गुरुङले भने ।

यसअघि महाकाली किनारको केही क्षेत्रमा तटबन्ध निर्माण भए पनि त्यो पूर्ण नभएको र अहिले जीर्णसमेत बन्दै गएको छ ।