परिवार ,आफन्त र देशबाट टाढा हुँदाको पिडा सायदै प्रवासीहरुले बाहेक अरूले बुज्दैनन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

परिवार ,आफन्त र देशबाट टाढा हुँदाको पिडा सायदै प्रवासीहरुले बाहेक अरूले बुज्दैनन



सानो तर प्राकृतिक सम्पदा र जलस्रोतले धनी राष्ट्र ,कृषिप्रधान देश ,शान्तिका अग्रदुत गौतम बुद्ग र जनकपुत्री सीता जन्मिएको देश,विश्व कै सबैभन्दा ठुलो हिम शृङ्खला सगरमाथा भएको देश ,अग्रज अङ्ग्रेजहरुले जित्न नसकेको देश ,यिनै पुराना इतिहासहरुलाई कहिले सम्म सहारा बनाइ हामी नेपाली भन्नी गर्व गरी राख्ने ? के नयाँ इतिहास बनाउनमा नयाँ पुस्ता असमर्थ छ या तेति सामर्थ्य छैन ।

पर्यटन र विकासको सन्दर्भमा अरू विकसित मुलुक भन्दा हामी नेपाली कहै अघि हुँदा हुँदै पनि गरिबी बेरोजगारी र अशिक्षा जस्ता समस्याहरूको चरम चपेटामा किन ?के कारणले नेपाल र नेपाली हामी पछि छौ हामी सबै अबगत नै छौ ।सबैभन्दा पहिलो कारण अराजक र अमर्यादित राजनैतिक गतिविधि ,वर्शै पिच्छे सरकार बनाउने र ढलाउने चलखेल ,एकता भन्दा अनेकतामा दौडिरहेको राजनीति र पाखुरामा पर्याप्त बल मस्तिष्कमा युवापन भएका ७० % युवा देशबाट दिनहुँ बाहिरिनु पनि हो ।विशेष त यिनै कारणले देश विकास र समृद्धिको बाटो तर्फ जान नसकेको हो कि ।
प्रत्येक वर्ष देशको राहदानी विभाग ,श्रम विभाग ,विभिन्न राजदूतावास र त्रिभुवन विमानस्थलमा अनेत्रको भन्दा यिनै स्थलमा युवाहरूको समूह बढी देखिनु पनि देश समृद्ध बन्न नसक्नु हो ।हिजो भन्दा आज युवाहरू प्रवासिने क्रम बढी छ ।देशले राम्रो शिक्षा ,राम्रो रोजगार दिन सकेन भन्नी बहानमा हजारौँको सङ्ख्यामा युवा देश छोडदै छन् ।प्रवासी विषयले राजनीतिलाई त कुनै असर पर्दैन ।तर देशले बेला बेलामा ठुलो हानी भने बेहोरि नै रहेको छ ।कोही पनि युवा रहरले प्रवासिदैन्न।आज जत्ति युवा आफैमा देश छोड्न लाचार छ राज्य पनि तेत्ती नै जिम्मेवार छ । मलेसिया लगायत खाडी मुलुक पसेका मात्रै नभई छिमेकी मुलुक भारत र विकसित मुलुक जापान ,कोरिया ,युरोप ,अमेरिका जस्ता देशमा पुगेका पनि प्रवासी नै हुन ।र देशको एक महत्त्वपूर्ण अङ्ग पनि हुन ।

आज पनि देशको आधा भन्दा बढी अर्थतन्त्र प्रवासी युवाहरूको रगत र पसिनामा रूपान्तरण गरिएको रेमिटेन्स बाट नै चलिरहेको छ । गरिबी ,बेरोजगारी र राम्रो शिक्षाको अभावलाई चिर्दै लाखौँ युवा जो प्रवासिन बाध्य छन् कुनै न कुनै रूपमा आफ्नै देश को विकास र प्रवर्द्धनको लागि सदैव तत्पर र आतुर छन् ।भौतिक रूपमा दुरिको हिसाबले टाढा भए पनि हरेक प्रवासी मनमा नेपालीपना ,देश प्रतिको माया ,देशलाई सुन्दर ,शान्त ,विशाल र समृद्ध देख्ने चाहनाहरु प्रत्येक नेपालीमा समान छ ।देशको अटल माया भएको र बाध्यता र विवशताको दोसाँधमा उभिएको हरेक प्रवासी नेपालीले आफ्नो देशमा आज कहाँ के हुँदै छ ।देशको राजनीतिक अवस्था कस्तो छ ।देशको आर्थिक वृद्धिदरको तथ्याङ्क आज कुन रेखामा छ ।

नेप्से बजारको तथ्याङ्क आज कत्ती तल छ कत्ती माथि छ ।कहाँ के को अभाव छ ।कहाँ बाटो बन्दैछ ।कहाँ पुल भन्दैछ सबैको जानकारी राख्ने माध्यम विभिन्न सञ्चार माध्यम विभिन्न समाजिक सञ्जाललाई बन्नाइ देशसङ आफूलाई जोडने कोसिस गरी रहन्छ । तर विदेशमा आएकाहरुलाई स्वदेशमा बस्नेहरुले हेर्न दृष्टिकोण पनि फरक पाइन्छ ।यदि विदेशबाट कसैले देशको विकास र समृद्धिको बारेमा आवाजहरू उठाए भने तिनीहरुहरुको सबै मिलि मजाकको विषय बनाईन्छ ।

विकसित मुलुक युरोप ,अमेरिका,जापान ,कोरिया जस्ता मुलुकमा पुगेका र तेहि बस्ने सपनाहरू देख्ने हरेक नेपालीमा पनि देश प्रति कति माया छ भन्ने उनीहरुकोले गरेको योगदान ,देश प्रति देखाउने चासो बाट नै थाहा हुन्छ । हरेक विदेशमा बस्ने नेपालीलाई आफ्नो देश प्रति अटल माया छ तेत्ती मात्रै नभई हिजो देशले प्राकृतिक विपदा (भूकम्प ) जस्तो ठुलो क्षति बेहोरिरहदा सबै प्रवासी एकजुट भई देशलाई अर्थिक सहयोग जुटाइ ठुलो घाउमा मल्हम पट्टीको काम गरिएको थियो ।तेहि भूकम्पमा विस्थापित भएकाहरुलाई पुनर्स्थापित गर्न लागि परेका धुर्मुस – सुन्तलीलाई पनि राज्यले भन्दा पहिला अर्थिक सहयोगको लागी हात बढाउने पनि प्रवासी नै थिए ।

देशका विभिन्न ठाउँमा आगालागीले सखाप परेका बस्तीहरुलाई जति सक्दो अर्थिक सहयोग जुटाइ फेरि पुनःस्थापित गराउने पनि प्रवासीनै थिए । विभिन्न सर्वजानिक स्कुल ,बाटोघाटो ,पुल ,मठमन्दिर विभिन्न भवन निर्माण गर्दा पनि पहिलो सहयोग प्रवासी कै हुन्छ ।अहिले कै जल्दोबल्दो स्थितिमा देशमा दसकौ पछि स्थानीय चुनाव भई रख्दा समेत प्रवासीहरुले आफ्नो कर्तव्य निर्वाह गरे ।चाहे त्यो सबैले आ-आफ्नो पार्टीगत रूपमा प्रचार प्रसार गरेर होस या आफूहरूले बगाएको रगत र पसिनाले साटेको कागजले होस हुन त देश बिग्र्नुमा जत्ति राजनैतिक नेतृत्वको हात छ तेत्ती नै प्रवासी पनि जिम्मेवार छन् ।

आफू र आफ्नो देश समृद्ध बनाउने अत्यधिक चाहनामा हरेक दिन हरेक प्रवासी त्रिभुवन विमान स्थल ओर्लिदा आफू आफ्नै देश फर्केको जरिवाना तिर्न तयार हुन्छ ।त्रिभुवन विमानस्थलको ढोका भित्र छिर्दा पहिलो जरिवाना एक प्रवासीले भन्सारको नाममा तिर्छ ।त्यस पछि बाहिर निक्लदा बसभाडा ,होटेलवाला केही समान किन्दाको हरेक पल्ट उ बस जरिवाना नै तिरीरहेको हुन्छ देश समृद्ध बनाउने चाहनामा र आफ्नै देश फर्केकोमा । यति हुँदा पनि आफ्नै देश फर्केकोमा हरेक प्रवासी खुसी नै हुन्छ । हरेक प्रवासी आफ्नो देशमा शान्ति र समृद्धि चाहन्छ ।

आफूले सिकेको ज्ञान र सीपलाई आफ्नै देशमा लगाउन चाहन्छ ।तर विडम्बना राज्यले प्रवासीहरुलाई सहयोग गर्नमा असमर्थ छ ।
मातृभूमिले लखेटिएर देश भन्दा कोसौ दूर पुगेका हामी प्रवासीमा पनि हरेक दुख ,पिडा ,चोट ,ग्लानी ,तनाव ,र निराशाहरु पनि अनगिन्ती छन्।परिवार आफन्त र देशबाट टाढा हुँदाको पिडा सायदै प्रवासी बाहेक अरूले बुज्दैनन  ।कति रमाइला पलहरू ,कति चाडपर्वहरु ,कति सुखद पल,कति दु:खद पल यिनी सबै त देशमा बस्नेलाई सामान्य लाग्छन् ।तर यिनी पलहरुको महत्त्व त एक देश र परिवार छोड्नु प्रवासीले मात्रै बुझ्छ। यो त मानसिक पिडा हो ।

अझ कयौँले परदेशमा आफ्नो अस्मिता गुमाएका छन् ।कति बिना कारण वषौदेखि परदेशको जेलमा सडिराखेका छन्।कति दुर्घटनामा परेका छन्।कतिको हत्या गरिएको छ ।कति बलात्कारको सिकार भएका छ ।कति जीवनभर गुलाम भएर बसेका छन्। के सरोकारवालालाई यस बारे संख्यात्मक जानकारी छ ।के सुविधा पाएको छ त प्रवासीले राज्य बाट ? के एउटा रह्दानी दिदैमा प्रवासी प्रतिको राज्यको जिम्मेवारी सकिन्छ ?किन राज्यले प्रवासीहरु सर्बसुलभ सेवाहरू दिन सकी रहेको छैन ? किन आफ्नो देशको नागरिक तर बाध्यता र विवशतामा पिल्सिएको देश छोड्न लागेका प्रवासी नेपालीलाई राहदानी विभाग ,श्रम विभाग ,देशमै रहेका विभिन्न राजदूतावास र त्रिभुवन विमानस्थलमा सास्ती खेप्नुपर्ने ?किन भारत र नेपालको सिमानामा आफ्नै देशको नागरिकलाई भन्सार करको नाममा लुट्नु नै पर्ने ?किन उनीहरूले अर्कोको देशबाट रगत र पसिना एक गरी ल्याको समानलाई सिमानामा छताछुल पारी दिनुपर्ने ?यी प्रश्नहरूको जवाफ हामी प्रवासीले को सङ माग्ने र कसले दिने ?

मनिकला महतारा ,छापाहिले गुल्मी हाल मलेसिया

तपाई पनि आफ्ना लेखहरु हिमाल पोस्टमा प्रकाशन गर्न चाहानुहुन्छ भने [email protected] पठाउना सक्नु हुनेछ ।