गाउँघरमा नै परिवार नियोजनको सेवा प्रदान गर्न रोभिङ अनमी खान होलियामा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गाउँघरमा नै परिवार नियोजनको सेवा प्रदान गर्न रोभिङ अनमी खान होलियामा



विभिन्न अज्ञानताका कारण २ जना गर्भवतीको ज्यान गयो : अहेवा उपाध्याय

बाँके,२७ माघ । भौगोलिक विकटताका कारणले स्वास्थ्यचौकीबाट पूर्ण रुपमा खुलेर परिवार नियोजनको सेवा लिन नपाएका बाँकेको होलिया गाविसको दुर्गम मानिने चौफेरी,कुडवा, कृषि चौफेरी र बाढी बाट विस्थापीत भएर हजरत सामूदायिक बन र झोरा जंगलमा बसेका बासिन्दाहरु गाउँघरमा नै परिवार नियोजनको सेवा लिन पाउने भए पछि हर्षित भएका छन् ।
मातृ तथा शिशु मृत्यु दर घटाउने उद्देश्यले जिल्ला जनस्वाथ्य कार्यालय बाँकेले १० वटा गाविसमा उक्त अभियान सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले १० वटै गाविसका स्थानीय बासिन्दाका लागि स्वास्थ्य समस्या पर्दा मात्र होइन, स्वास्थ्य उपचार, गर्भवती महिलालाई परामर्श, परिवार नियोजनसम्बन्धी सल्लाह सुझावका साथै परिवार नियोजन सम्बन्धी घरमा नै सेवा प्रदान गर्नका लागि रोभिङ अनमीहरुलाई परिचालन गरेको छ ।
बाँकेको होलिया र बेतहानी गाविसको गाउँघरमा परिवार नियोजनको सेवा र गर्भवती महिलाहरुलाई परामर्श दिन अनमी सिमा घर्ति मगर खानलाई नियुक्त गरेको छ । घण्टौँ पैदल हिँडेर स्वास्थ्यचौकीसम्म जानु पर्ने भएको बाध्यता एकातिर छ भने घर परिवारको दबाबका कारणले गर्भवस्थाका बारेमा खुलेरा बोल्न नदिने भएकोले मधेशी समूदायका महिलाहरु अकालमा ज्यान गुमाउनु परेको स्वयम सेवीकाहरुले बताए ।
होलिया स्वस्थय चौकीले बिहिबार अनमी सिमा घर्ति मगर खान संगको परिचायत्मक कार्यक्रममा स्वयसेवीका कुश्मा बर्माले मधेशी महिलाहरुलाई परामर्शको धेरै आवश्यकता रहेको बताउदै सरकारी स्तरमा रहेका पहाडी कर्मचारीको बिभेदका कारण महिलाहरु परिवार नियोजनको सेवा लिन नसेकी रहेको अवस्थामा आफनै समूदायको अनमी गाँउमा पुगेर परामर्श दिने भएकोले सेवा पूर्ण प्रभावकारी हुने बताउनु भयो ।
होलिया स्वस्थ्य चौकीका सिनियर अहेवा जयलाल उपाध्यायले स्वयम सेवीकाहरुले गरेको काम धेरै महात्वपूर्ण र प्रशंसा योग्य रहेको बताउदै रोभिङ अनमी खानलाई स्वास्थय चौकीको पूर्ण सहयोग र साथ रहने जिकिर गर्नु भयो । उहाँले २०७३ मा २ जना गर्भवती महिलाको ज्यान गए पछि होलिया गाविसलाई सम्बेधनशील गाविसका रुपमा जनस्वस्थ्यले राखेको बताए ।
होलिया गाविसको स्वस्थ्य चौकीका सिनियर अहेवा जयलाल उपाध्यायको अध्यक्षतामा भएको परिचायत्म कार्यक्रममा अनमी पवन कुमारी बहुनी, अनमी बिनिता कुमारी यादव सोभिङ अनमी सिमा घर्ति मगर खान लगायतको सहभागिता रहेको थियो ।